महाअभियोग प्रस्ताव छलफलका लागि सदनमा पेश, प्रतिनिधिसभाको अर्को बैठक चैत २ गते बस्‍ने
महाअभियोग प्रस्ताव छलफलका लागि सदनमा पेश, प्रतिनिधिसभाको अर्को बैठक चैत २ गते बस्‍ने

समितिमा एमालेका बिष्णु  पौडेल, लालबाबु पण्डित, शिवमाया तुम्बाहाम्फे, कृष्णभक्त पोखरेल सदस्य छन्। 

    • बेल संचार

    • २९ फाल्गुन २०७८, आईतवार

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध फागुन १ गते दर्ता भएको महाअभियोग प्रस्ताव प्रतिनिधिसभाको बैठकमा छलफलका लागि प्रस्तुत भएको छ।

आइतबारको बैठकमा नेकपा माओवादीका प्रमुख सचेतक देवप्रसाद गुरुङले उक्त प्रस्ताव छलफलका लागि पेश गरेका हुन्।

यसअघि २२ फागुनमा बसेको प्रतिनिधिसभाको बैठकले ११ सदस्यीय महाभियोग सिफारिस समिति गठन गरेको थियो।

राणाविरूद्ध लगाइएको महाअभियोग छानबिनका लागि संविधानको धारा १०१ अनुसार महाअभियोग सिफारिस समिति गठन गरिएको हो।

समितिमा एमालेका बिष्णु  पौडेल, लालबाबु पण्डित, शिवमाया तुम्बाहाम्फे, कृष्णभक्त पोखरेल सदस्य छन्।

कांग्रेसबाट मीनबहादुर बिश्वकर्मा र रामबहादुर बिष्ट सदस्य छन्। त्यस्तै माओवादी केन्द्रबाट यशोदा सुवेदी र रेखा बिष्ट सदस्य छन्।

नेकपा (एकीकृत समाजवादी)बाट कल्याणी खड्का, लोकतान्त्रिक समाजवादी पार्टीबाट एकवाल मियाँ र जनता समाजवादी पार्टीबाट प्रमोद साह सदस्य बनेका छन्।

महाअभियोग प्रस्ताव छलफलका लागि प्रस्तुत भएसँगै आजको बैठक सकिएको छ।

प्रतिनिधिसभाको अर्को बैठक चैत २ गते बुधबार बस्‍ने भएको छ।

एमालेको अवरोधबीच बसेको बैठकमा पेश भएको उक्त प्रस्तावमाथिको छलफल बुधबार दिउँसो १ गते बस्‍ने बैठकमा छलफल हुने सभामुख अग्निप्रसाद सापकोटाले जनाएका छन्।

यस्तै आइतबार सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले ‘सार्वजनिक लेखा समितिको २१औं वार्षिक प्रतिवेदन,२०७८’ सदनसमक्ष पेस गरेका थिए।

साताकाे चर्चित
सम्बन्धित