यी हुन् उत्कृष्ट ७ नगरपालिका
यी हुन् उत्कृष्ट ७ नगरपालिका

यस्तै शहरी योजना, पूर्वाधार विकास तथा विपद् व्यवस्थापनतर्फ धादिङको निकलण्ठ नगरपालिका उत्कृष्ठ भएको छ।

    • बेल संचार

    • २९ फाल्गुन २०७८, आईतवार

नेपाल नगरपालिका संघले ७ नगरपालिकालाई उत्कृष्ट नगरपालिका घोषणा गरेको छ।

संघको २९ औं वार्षिक उत्सवको अवसरमा आइतबार राजधानीमा एक कार्यक्रमबीच प्रधानमन्त्री शेरबहादुर देउवाले उत्कृष्ट नगरपालिकालाई सम्मान गरेका छन्।

संस्थागत विकास, सेवा प्रवाह तथा वित्तीय सुशासनतर्फ स्याङ्जाका वालिङ र पुतलीबजार नगरपालिका उत्कृष्ट भएका छन्।

यस्तै स्थानीय आर्थिक विकासतर्फ सर्लाहीको हरिवन नगरपालिका र सामाजिक विकासतर्फ रूपन्देहीको तिलोत्तमा र चितवनको राप्ती नगरपालिका उत्कृष्ट भएका छन्।

यस्तै शहरी योजना, पूर्वाधार विकास तथा विपद् व्यवस्थापनतर्फ धादिङको निकलण्ठ नगरपालिका उत्कृष्ठ भएको छ।
यस्तै वन वातावरण, जयवायु परिवर्तनतर्फ इलाम नगरपालिका उत्कृष्ट बनेको हो।

साताकाे चर्चित
सम्बन्धित