नेपाल बंगलादेश बैंक गाभ्न नबिलले पायो सैद्धान्तिक सहमति
नेपाल बंगलादेश बैंक गाभ्न नबिलले पायो सैद्धान्तिक सहमति
    • Bell Sanchar

    • ३० फाल्गुन २०७८, सोमबार

नेपाल बंगलादेश बैंकलाई गाभ्न नबिल बैंकले नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति पाएको छ। राष्ट्र बैंकले आज यस्तो सहमति दिएको हो । दुई बैंकबीच सहमति भएको दुई महिना पछि राष्ट्र बैंकले यो सहमति दिएको हो । यस अघि नै एनबी बैंकको शेयर कारोबार रोक्का रहेको छ ।

हाल नबिलको चुक्ता पुँजी करिब १८ अर्ब ५० करोड र एनबी बैंकको करिब १० अर्ब ९ करोड रहेको छ । यस एक्विजिसनपश्चात् हाल सहमत गरिएको स्वाप रेसियो अनुरुप बैंकको चुक्ता पुँजी करिब २३ अर्बको हुनेछ । नबिलले एनबीलाई ४३ः१०० को अनुपातमा स्वाप रेसियो टुंगो लगाएको थियो ।

 

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा नबिल बैंकसँग २९ अर्बभन्दा बढी र एनबी बैंकसँग १४ अर्ब भन्दा बढी प्राथमिक पुँजी रहेकोमा एक्विजिसनपश्चात् बैंकको प्राथमिक पुँजी ४४ अर्बभन्दा बढी हुनेछ।

चालु आवको छ महिनामा खुद नाफा नबिलको २ अर्ब १८ करोडभन्दा बढी र एनबीको ८१ करोड हाराहारी रहेको छ। एनबी एक्विजिसनपछि नबिलको खुद नाफा चालु आवको ७ महिनाकै करिब तीन अर्ब रुपैयाँ कायम हुनेछ।

यस्तै, एक्विजिसनपछि नबिलको कुल कर्जा करिब ३ खर्ब १ अर्ब र कुल निक्षेप करिब ३ खर्ब १८ अर्ब पुग्नेछ।

एनबी बैंक गाभेर एकीकृत कारोबार सुरु गरेपछि नबिलको नेपालभर २४१ शाखा र २९२ एटीएम काउन्टर पुग्नेछ ।

साताकाे चर्चित
सम्बन्धित