रणजी ट्रफीको प्रि-क्वार्टरफाइनलमा ७६९ रनको विशाल स्कोर !
रणजी ट्रफीको प्रि-क्वार्टरफाइनलमा ७६९ रनको विशाल स्कोर !
    • बेल संचार

    • ३० फाल्गुन २०७८, सोमबार

रणजी ट्रफी २०२१-२२को प्रि-क्वार्टरफाइनलमा झारखण्डले नागाल्याण्डविरुद्ध ७६९ रनको विशाल स्कोर बनाएको छ।

कोलकाताको इडेन गार्डेनमा खेलिएको प्रतियोगिताको दोस्रो दिनको स्टम्पमा झारखण्डले १७७ ओभरमा ९ विकेट गुमाएर ७६९ रनको विशाल स्कोर बनाएको हो।

विकेटकिपर कुमार कुशाग्राले २६६ रनको उत्कृष्ट पारी खेले भने भारतीय स्पिनर शाहबाज नदीमले १२३ रनको अविजित शतक बनाए।

पहिलो दिनको ४०२/५ रनको स्कोर अगाडि खेलेको झारखण्डले दोस्रो दिन ९० ओभरमा चार विकेट गुमाएर ३६७ रन बनाएको थियो। पहिलो दिन ११२ रन बनाएर अविजित फर्केका कुमार कुशाग्राले दोहोरो शतक पूरा गरेपनि ट्रिपल शतक भने बनाउन सकेनन्। अनुकुल रोयले ५९ रनको अर्धशतकीय पारी खेले।

६५५ रनको स्कोरमा कुमार आउट भए र त्यसपछि ६८९ रनको स्कोरमा झारखण्डको ९ विकेट खसेको थियो। यहाँबाट शाहबाज नदीमले राहुल शुक्ला (२९*) सँग अन्तिम विकेटका लागि अविजित ८० रनको साझेदारी गर्दै टोलीलाई ८०० नजिक पुर्याएका थिए। नदीमले प्रथम श्रेणीमा दोस्रो शतक प्रहार गरेका थिए।

पहिलो इनिङ्सको ठूलो स्कोरलाई ध्यानमा राख्दै झारखण्डको क्वार्टरफाइनल पुग्ने निश्चित भएको छ। प्लेट लिगमा लगातार तीन जित दर्ता गरेको नागाल्यान्डले प्रि-क्वार्टरफाइनलमा अहिलेसम्म निराश हार व्यहोरेको छ।

झारखण्डको पहिलो इनिङ्समा अहिलेसम्म इम्लिवाती लेमतुर र ख्रीभिस्टो केन्सेले तीन–तीन विकेट लिएका छन्। झारखण्डको स्कोरका कारण नागाल्याण्डको इनिङ्सको हारको सम्भावना बढेकोले अब उसले प्रि-क्वार्टरफाइनलमा हार बचाउन सक्छ कि सक्दैन त्यो हेर्न बाँकी छ। नागाल्याण्डले आफ्ना ब्याट्सम्यानबाट राम्रो प्रदर्शनको अपेक्षा गर्नेछ।

साताकाे चर्चित
सम्बन्धित