टेस्ट क्रिक्रेटमा ऋषभ पन्तले तोडे कपिल देवको ४० वर्षे पुरानो कीर्तिमान
टेस्ट क्रिक्रेटमा ऋषभ पन्तले तोडे कपिल देवको ४० वर्षे पुरानो कीर्तिमान
    • बेल संचार

    • ३० फाल्गुन २०७८, सोमबार

भारत र श्रीलंकाबीच बैंगलोरमा जारी डे–नाइट टेस्ट सिरिजमा भारतीय विकेटकिपर ब्याट्सम्यान ऋषभ पन्तले कीर्तिमानी अर्धशतक बनाएका छन्।

श्रीलंकाविरुद्ध उनले २८ बलमा तूफानी अर्धशतक बनाएका हुन्। यससँगै उनी भारतका लागि टेस्ट क्रिकेटमा सबैभन्दा छिटो अर्धशतक बनाउने ब्याट्सम्यान बनेका छन्। ऋषभ पन्तले भारतका महान ब्याट्सम्यान कपिल देवको ३० बलमा अर्धशतक बनाउने ४० वर्षे पुरानो कीर्तिमानसमेत तोडेका छन्।

टेस्ट सिरिजको दोस्रो खेलको दोस्रो दिन सुरुमै आउट भएको श्रीलंकाली टोलीविरुद्ध भारतले १ सय ४३ रनको महत्वपूर्ण अग्रता लिएको छ। त्यसपछि ब्याटिङमा आएका भारतीय ब्याट्सम्यानले सुस्त सुरुआत गरेका थिए।

तर, रोहित शर्मापछि हनुमा विहारीले पनि आफ्नो विकेट गुमाए र त्यसपछि ऋषभ पन्त ब्याटिङ गर्न आएका थिए। उनी आइपुग्नेबित्तिकै द्रुत शट खेल्न थाले। ऋषभ पन्तले २८ बलमा ७ चौका र २ छक्का प्रहार गर्दै अर्धशतक पूरा गरे।

तर, लगत्तै उनी ३१ बल खेलेर आउट भए। दोस्रो दिनको ८६र६ को स्कोर अगाडि खेलेको श्रीलंकाको टोली ३५.५ ओभरमा १०९ रनमा सिमित भयो।

भारतका लागि जसप्रित बुमराहले १० ओभरमा २४ रन दिएर ५ विकेट लिए। भारतको दोस्रो इनिङ्समा मयंक अग्रवाल र रोहित शर्माको जोडीले पहिलो विकेटका लागि ४२ रन जोडे।

मयङ्क २२, कप्तान रोहित शर्मा ४६ रन आउट भए भने मिडल अर्डरमा हनुमा विहारी ३५ रनमा बोल्ड भए। त्यसपछि पूर्व कप्तान विराट कोहली आउट भए। उनी १३ रन बनाएर आउट भए।

साताकाे चर्चित
सम्बन्धित