बागमतीलाई नमूना प्रदेशका रुपमा विकास गर्नुपर्छ ः पूर्व मुख्यमन्त्री शाक्य   
बागमतीलाई नमूना प्रदेशका रुपमा विकास गर्नुपर्छ ः पूर्व मुख्यमन्त्री शाक्य   

बागमती प्रदेशका पूर्व मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बागमतीलाई नमूना प्रदेशका रुपमा विकास गर्नुपर्ने धारणा राख्नुभएको छ ।

    • बेल संचार

    • ३० फाल्गुन २०७८, सोमबार

वाग्मती
बागमती प्रदेशका पूर्व मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बागमतीलाई नमूना प्रदेशका रुपमा विकास गर्नुपर्ने धारणा राख्नुभएको छ । उहाँले विगतका सबै कमिकमजोरीलाई सच्चाएर अगाडि बढ्नुपर्ने उल्लेख गर्नुभयो ।

प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतमा प्रदेशसभा बैठकमा आज आफ्नो धारणा राख्दै शाक्यले संसद् सञ्चालन गर्न सत्तापक्षले भन्दा बढी प्रमुख प्रतिपक्षका रुपमा आफूहरुले भूमिका खेलेको बताउनुभयो ।

जनताप्रति सरकार र प्रतिपक्ष दुबै उत्तरदायी तथा जिम्मेवार हुनुपर्ने उहाँको भनाइ थियो । सरकार र प्रतिपक्ष कसैले पनि सङ्किर्ण सोच राख्न नहुने शाक्यले बताउनुभयो । उहाँले प्रदेशको आफूहरुसमेत सहभागी भई तयार गरेका सुरुङमार्ग, विद्युतीय बस सञ्चालन लगायतका महत्वपूर्ण योजना कटौती गर्ने सरकारको निर्णय उचित नभएको बताउनुभयो ।

“मुख्यमन्त्रीले विद्युतीय बस सञ्चालनका लागि तथा सुरुङमार्ग निर्माणका लागि छुट्याएको बजेट तुरुन्तै अन्त खर्च गर्छु भनेर संसद्मा उभिएर भन्नुभएको कुरा नाजायज छ” उहाँले भन्नुभयो । सदनबाट पास भएको बजेट सदनलाई जानकारी नदिई अन्यत्र खर्च गर्नु कानुन विपरीत हुने पूर्व मुख्यमन्त्री शाक्यको भनाइ थियो ।

साताकाे चर्चित
सम्बन्धित