आफ्नै भवनमा वडा कार्यालय   
  आफ्नै भवनमा वडा कार्यालय   

। लुम्बिनी प्रदेशका स्वास्थ्य जनसङ्ख्या तथा परिवार कल्यणमन्त्री इन्द्रजीत थारूले भवनको शुभारम्भ गर्दै नागरिकलाई घरआँगनबाटै सेवा पु¥याउनका लागि भवन निर्माणलाई उच्च प्राथमिकता दिएको बताउनुभयो ।    

    • बेल संचार

    • १ चैत्र २०७८, मंगलवार

तुलसीपुर, 
दाङको दङ्गीशरण गाउँपालिका–५ ले आफ्नै भवनबाट सेवा दिन सुरुआत गरेको छ । लुम्बिनी प्रदेशका स्वास्थ्य जनसङ्ख्या तथा परिवार कल्यणमन्त्री इन्द्रजीत थारूले भवनको शुभारम्भ गर्दै नागरिकलाई घरआँगनबाटै सेवा पु¥याउनका लागि भवन निर्माणलाई उच्च प्राथमिकता दिएको बताउनुभयो ।

सो अवसरमा दङ्गीशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले प्रत्येक वडामा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरेको र दुई स्वास्थ्यचौकीलाई एम्बुलेन्ससमेत उपलब्ध गराएको जानकारी दिनुभयो ।

सोही अवसरमा आधारभूत स्वास्थ्य सेवा केन्द्रको समेत शुभारम्भ गरिएको छ । स्वास्थ्य सेवा केन्द्र र वडा कार्यालय भवनका लागि स्थानीय बुद्धिराज उपाध्ययायले जग्गा उपलब्ध गराउनुभएको थियो । जम्मा पाँच कठ्ठा जग्गामा वडा कार्यालय भवन र आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरिएको हो । यसअघि वडा कार्यालय भाडाको भवनबाट सञ्चालन हुँदै आएको थियो ।

साताकाे चर्चित
सम्बन्धित