नेपाल दलित संघको बागमती प्रदेश अधिवेशन सुरू
नेपाल दलित संघको बागमती प्रदेश अधिवेशन सुरू

काठमाडौंको नयाँ बानेश्वरमा आयोजित अधिवेशन कांग्रेस नेता प्रकाशमान सिंहले उद्घाटन गरेका थिए।

    • बेल संचार

    • १ चैत्र २०७८, मंगलवार

नेपाली कांग्रेसको भातृ संस्था नेपाल दलित संघको बागमती प्रदेश अधिवेशन आजदेखि सुरू भएको छ।

काठमाडौंको नयाँ बानेश्वरमा आयोजित अधिवेशन कांग्रेस नेता प्रकाशमान सिंहले उद्घाटन गरेका थिए।

अधिवेशनमा सहभागी कांग्रेस नेता जगदीश्वरनरसिंह केसीले दलित अधिकार तथा आन्दोलनमा अग्रणी भूमिका खेलेका भगत सर्वजित विश्वकर्माको बारेमा चर्चा गरेका थिए।

सर्वजितले बनारशमा शिक्षा लिएर स्वदेश फर्केर जातीय समानता तथा हकका लागि संघर्ष गरेका थिए।

उनले १४ औं महाधिवेशनको तिक्ततालाई मेटेर तीनै तहका चुनावमा पार्टीलाई जिताउन एकजुट हुन कार्यकर्तालाई आग्रह गरेका थिए।

नयाँ नेतृत्व चयन गरेर अधिवेशन भोलि सकिनेछ।

साताकाे चर्चित
सम्बन्धित