प्रकाण्डले भेटे प्रधानमन्त्री देउवालाई
प्रकाण्डले भेटे प्रधानमन्त्री देउवालाई

साथै पार्टीका नेताहरूलाई लगाइएका मुद्दा फिर्ताको वातावरण बनाइदिन पनि उनको माग थियो।

    • बेल संचार

    • २ चैत्र २०७८, बुधबार

नेपाल कम्युनिष्ट पार्टीका नेता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्।

प्रकाण्डले प्रधानमन्त्री देउवासँगको भेटमा पार्टीका नेताहरू बन्दी रहेको र उनीहरूलाई रिहा गर्ने व्यवस्थाका लागि सरकारले पहल गरिदिन माग गरेका थिए।

साथै पार्टीका नेताहरूलाई लगाइएका मुद्दा फिर्ताको वातावरण बनाइदिन पनि उनको माग थियो।

मुद्दा फिर्तालगायतका माग पूरा भए आफूहरू स्थानीय तह चुनावमा सहभागी हुन सक्ने पनि प्रकाण्डले बताएका थिए।

प्रधानमन्त्री देउवाले भने मागमा आफू सकारात्मक रहेको जवाफ दिएका थिए।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको पार्टीलाई मुलधारमा ल्याएका थिए। तर त्यसबेला सरकारसँग गरिएका सहमति कार्यान्वयनमा ढिलाइ भइरहेको प्रकाण्डले बताएका थिए।

साताकाे चर्चित
सम्बन्धित