‘एउटै विषयवस्तुलाई समान तरिकाले प्रस्तुत गर्नुपर्छ’   
     ‘एउटै विषयवस्तुलाई समान तरिकाले प्रस्तुत गर्नुपर्छ’   

 न्यायालय निष्पक्ष बन्न नसकेको विभिन्न घटना क्रमले पुष्टि गरेको अध्यक्ष ओलीको आरोप थियो । 

    • बेल संचार

    • २ चैत्र २०७८, बुधबार

काठमाडौँ,
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मिडियाले एउटै विषयवस्तुलाई फरक फरकरुपमा बुझ्ने गरी पस्कन नहुने बताउनुभएको छ ।

प्रेस चौतारी नेपालको नवनिर्वाचित पदाधिकारीलाई बधाई दिँदै उहाँले जुनसुकै व्यक्ति र पार्टी सरकारमा हुँदा पनि समानरुपमा हेर्नुपर्नेमा त्यो हुन नसकिरहेको औँल्याउनुभयो । मिडियाले एमालेले सरकारको नेतृत्व गर्दा उठाएका विषयलाई अहिले बेवास्ता गरेको अध्यक्ष ओलीको भनाइ थियो । उहाँले भन्नुभयो, “मिडियाले सत्य स्थापित गर्न लाग्न आवश्यक छ ।”

न्यायालय निष्पक्ष बन्न नसकेको विभिन्न घटना क्रमले पुष्टि गरेको अध्यक्ष ओलीको आरोप थियो ।

प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले सङ्गठनको गत फागुन २७ र २८ गते पोखरामा सम्पन्न महाधिवेशनले सकेसम्म समावेशी नेतृत्व चयनको प्रयास गरेको बताउनुभयो ।

साताकाे चर्चित
सम्बन्धित