हठात् संसद अधिवेशन अन्य गर्नु गैरजिम्मेवारीको पराकाष्ठा: सुवास नेम्वाङ
हठात् संसद अधिवेशन अन्य गर्नु गैरजिम्मेवारीको पराकाष्ठा: सुवास नेम्वाङ

सरकारको यो कदमले महाअभियोग पारित गर्न ल्याइएको थिएन भन्ने स्पष्ट भएको नेम्वाङले बताए।  

    • बेल संचार

    • २ चैत्र २०७८, बुधबार

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले मा संसदको चालु अधिवेशन हठात् अन्त्य गर्नु सरकारको गैरजिम्मेवारीको पराकाष्ठा भएको बताएको छ।

बुधबार सेतोपाटीसँग कुरा गर्दै एमाले संसदीय दलका उपनेतासमेत रहेका उपाध्यक्ष सुवास नेम्वाङले प्रधानन्यायाधीशविरूद्ध दर्ता भएको महाअभियोगको प्रस्तावमाथि छलफल गर्नुपर्ने गम्भीर विषयलाई पर धकेल्न सरकारले संसद अधिवेशन अन्त्य गरेको बताए।

‘आज बस्ने बैठकमा प्रधानन्यायाधीशमाथि लागेको महाअभियोगबारे छलफल गर्ने विषय थियो। तर सरकारले हिजो नै संसद अधिवेशन अन्त्य गरिदियो,’ नेम्वाङले भने,‘अब उहाँहरू बजेट पारित गर्ने बेलामात्रै संसद खोल्नुहुन्छ। महाअभियोग प्रक्रिया धकेलिन्छ। महाअभियोग प्रस्ताव ल्याउनुका पछाडि उहाँहरूको उद्देश्य के थियो भन्ने यसबाट प्रष्ट हुन्छ।

सरकारको यो कदमले महाअभियोग पारित गर्न ल्याइएको थिएन भन्ने स्पष्ट भएको नेम्वाङले बताए।

‘समितिमा गएको भए पनि त्यसले आफ्नो काम गर्थ्यो। उहाँहरूले त्यो पनि गर्न दिनु भएन। यति गम्भीर विषयमा खेलाँची गर्नु गैरजिम्मेवारीको पराकाष्ठा हो,’ उनले भने।

बुधबार बसेको एमाले संसदीय दलको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पनि महाअभियोगलाई लम्ब्याउन अधिवेशन अन्त्य गरिएको बताएका थिए।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संसद अधिवेशन अन्त्य गरेकी थिइन्।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि एमालेले असारदेखि प्रतिनिधि सभामा निरन्तर अवरोध गर्दै आएको छ।

साताकाे चर्चित
सम्बन्धित