केन्द्रीय कमिटीमा विप्लवको प्रस्ताव- चुनावलाई उपयोग गरौं
केन्द्रीय कमिटीमा विप्लवको प्रस्ताव- चुनावलाई उपयोग गरौं

चुनावलाई कसरी उपयोग गर्ने भन्ने निर्णय केन्द्रीय कमिटीले गर्ने ती केन्द्रीय सदस्यले बताए। 

    • बेल संचार

    • ४ चैत्र २०७८, शुक्रबार

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले  वैशाख ३० गते हुने स्थानीय चुनावलाई उपयोग गरेर जानु पर्ने प्रस्ताव गरेका छन्।

शुक्रबार कपिलवस्तुको शिवगढीमा सुरू भएको पार्टी केन्द्रीय कमिटी बैठकमा विप्लवले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा चुनावलाई उपयोग गर्नुपर्ने उल्लेख छ।

बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार विप्लवले चुनावमा सहभागी भएर उपयोग गर्ने कि के गर्ने भन्नेबारे भने खुलाएका छैन।

चुनावलाई कसरी उपयोग गर्ने भन्ने निर्णय केन्द्रीय कमिटीले गर्ने ती केन्द्रीय सदस्यले बताए।

विप्लवको पार्टीमा अहिले चुनावमा जानु संसदीय व्यवस्थालाई स्वीकार्नु हुने भएकाले चुनावमा जान नहुने मत पनि छ।

बुधबार उनको पार्टीका नेताहरूले प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा भेटेर आफूहरूलाई चुनावमा सहभागी हुने वातावरण बनाइदिन आग्रह गरेका थिए।

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारसँग गत वर्ष फागुनमा तीन बुँदे सहमति गरेर विप्लव शान्तिपूर्ण राजनीतिमा आएका थिए।

तीन बुँदे सम्झौता अहिलेसम्म पनि कार्यान्वयनमा नआएकाले बन्दी रिहा र मुद्दा फिर्ता नभएको उनीहरू  भनाइ छ।

विप्लवले अहिलेसम्म पार्टी निर्वाचन आयोगमा दर्ता गरेका छैनन्।

साताकाे चर्चित
सम्बन्धित