मातृ भुमिअभियानको युवाहरुको छलफल कार्यक्रम
मातृ भुमिअभियानको युवाहरुको छलफल कार्यक्रम
    • बेल संचार

    • ५ चैत्र २०७८, शनिबार

काठमाडौ । मातृभुमी अभियान को पर्सा जिल्ला अध्यक्ष तबरेज आलमको नेतृत्व मा काठमाडौं को स्वयम्बु स्थित एक कफी शाला रेस्टुरेन्ट मा मातृभुमी अभियानका लक्ष्य ,उदेश्य र कार्य योजना बारे युवा संगठन भेला गरि छलफल कार्यक्रम गरेका थिए ।

 

उक्त कार्यक्रम मा बागमती प्रदेशका मातृभुमी अभियान का प्रमुख श्री नरनाथ के. सि ले देशका गहना भनेकै युवा हुन युवाले चाहे देश परिवर्तन गर्न समेत सकिने कुरा राख्दै अब आगामी दिनमा नेताले मात्रै देशमा परिवर्तन गर्न सम्भब नभएको र अब युवा नेतृत्व अघि बढाउन पर्ने कुरामा जोड दिनु भयो ।

 

सोही कार्यक्रम मा यसै मातृ भुमिअभियानका काठमाडौ जिल्ला अध्यक्ष श्री सुरेश तामाङ ले पनि युवाहरू भनेको देशका कर्णधार हुन र अब आगामी दिनमा युवाहरु को नेतृत्व मा देश बिकासका गतिविधि मा युवाहरुले जोड दिनुपर्ने कुरा राख्दै उक्त कार्यक्रम को समापन गर्नु भयो ।

साताकाे चर्चित
सम्बन्धित