निर्बाचनमा राजनितिक दलहरुको इन्द्रजाल
निर्बाचनमा राजनितिक दलहरुको इन्द्रजाल
    • बेल संचार

    • ५ चैत्र २०७८, शनिबार

 

दिपक थापा
नेपालको राजनीतिक र दलहरु र दलका नेताहरु कस्ता छन् ? पद र कुर्सीका लागि सिदान्त र नैतिकता छोडेर नेपाली जनतालाई दिनानुदिन झुटको खेती गर्दै मनो कल्पित रुपमा भ्रम छर्दै गएको छ । पछिल्ला दिनमा सङ्घीय संरचनामा चुनावी राजनीतिमा प्रवेश गरेका राजनीतिक दलको चुनावी घोषणापत्र हेर्दा कसले कति भ्रामक झुट बाँडेको छ भन्ने कुरा छर्लङ्ग हुन्छ । नेपाली जनताको इमान्दारिताको फाइदा उठाउँदै पटक पटक सत्तामा पुगेका दलहरुले देश र जनताको हितमा कुनै काम गर्न सकेको छैन । जनताको मतलाई सत्तामा पुगेकाको जीवन शैली कहा हो कहा, विकास र समृद्धिको नारा घन्काउने नेताहरु आफू परिवर्तन भए तर देश र जनताको अवस्था जियूको तिहु छ ।

 

नेपाललाई एसियाली विकास मुलुक जस्तै बनाउने अठोट गर्ने राजा वीरेन्द्र, नेपाललाई बहुदलीय राजतन्त्रात्मक मुलुक बनाउने बीपी कोइराला, जनताको बहुदलीय जनवाद लागू गर्ने खोज्ने मदन भण्डारी, नेपाललाई साम्यवादी मुलुक बनाई छाड्ने नेकपा माओवादी केन्द्र (अहिले बेलायतको संसदीय प्रणालीमा बामे सर्दै छ ), मधेसवादी दलको क्षेत्रीय समानता आदि धरातलीय अवस्थामा हेर्दा केही न केही झुटमुटको राजनीतिक कार्यक्रम गर्दै आएको देखिन्छन् । सुष्म रूप बाट हेर्दा नेपालको राजनीतिक व्यवस्थासँगै राजनेताहरूको आर्थिक र राजनीतिक हैसियत शिखरमा चुलिएको। छ भने जनताको अवस्था भने फेरिएको छैन ।

 

दलहरुको चुनावी घोषणापत्रमा लेखिने असम्भव कार्यक्रम लागू गर्न नसकिने गरी लेखिएको झुटो आश्वासन जनता झुक्याउने मात्र हो । दलका नेताहरू विभिन्न माध्यमद्वारा बोल्ने विषयवस्तु पनि सबै झूटा हुन् । चुनावी भाषणमा मतदातालाई आफ्नो पक्षमा ल्याउने प्रपञ्च र आँखा छारोहाल्ने यस्ता नेताहरु विगत देखि नै राजनीतिमा सक्रिय छन् । मतदाताले आश्वासन पाएपछि राजनीतिक दललाई विश्वास गरी मतदान गर्ने परम्पराले आज सम्म गलत नेता बन्न पुगेका कुरा साबित बैसकेको छ । जेहोस् झुटो नेतृत्वलाई बोकेर राजनीतिक दलका कार्यकर्ताहरू कहिले स्विट्जरल्यान्ड त कहिले एसियाली मापदण्डको चुचुरो चुम्न सफल भएका छन् । राजनीतिक नेतृत्वको इन्द्रजाल जस्तो बुझ्न नसकिने झुटको खेति राष्ट्रिय स्तरमा मात्र नभएर अन्तर्राष्ट्रिय स्तरमा पनि फैलिँदै गएको छ ।राष्ट्रघाती सन्धि सम्झौताका बारेमा सभा, भेला, सडक, सदनमा बोलिने भाषाले नेताको विचार सिदान्त र नैतिक पतन पतन गुमाएको भन्न सहज छ ।

यसको पछिल्लो उदाहरण फागुन १५ गते भएको एमसीसी सम्झौतामा देखापरेका क्रियाकलाप हुन् । जिम्मेवार नेताहरूको दुईजिब्रे बोलीले आमकार्यकर्ता हौसलाविहीन हुन पुगे । नेताहरुले गैरजिम्मेवारी पूर्ण ढंगले गरिने निर्णयले राजनीतिक सङ्कट चुलिएको छ । सडकमा जनता उचाल्ने र सदनमा साम्राज्यवाद र विस्तारवादको सामु घुँडा टेक्ने प्रवृत्तिले नेपाली जनताको स्वाभिमान स्खलन भएको छ । नेताहरू उल्टासुल्टा व्याख्या गरी आफ्नो खुट्टामाथि राख्ने प्रवृत्तिको अन्त्य भएन भने दिशाविहीन राजनीति धेरै दिन चल्न सक्दैन ।
आम नागरिकको गुनासो राजनीतिज्ञसँग मात्रै होइन समग्रह शासन व्यवस्थासँग पनि झुटै झुटले भरिएको शासनसत्ता देशलाइ झुक्याई रहेको छ । देश र जनताको सेवाको लागि शपथ खाएकाहरुनै जनहित विपरीत र राष्ट्रहित विपरीत राष्ट्रघाती सम्झौता गरिरहन्छन् । यस्ता जालसाजी गर्ने नेताहरूलाई मतदाताले कहिलेसम्म साथ देलान् ? राजनीतिमा झुटले केही हदसम्म भूमिका खेल्ला तर राजनीतिक परिस्थिति कुरूप हुँदै गएको छ । राजनीतिक दलका केही नेता त झुटा, बेइमान, भ्रष्टाचारी, आत्मसमर्पणकारी, आदिले चिनिन थालेका छन् । देश निर्माणको महान् यात्रामा झुटको राजनीतिले शहीदका सपना झुटा साबित गरेको छ । झुटा वाचा झूटा आश्वासनहरूलाई जनताले कहिल्यै लेखाजोखा गर्दैनन् होइन । आजको युबा कायर् छैन । झुटा घोषणापत्र र जालसाजी गर्ने बोलीलाई अपराधको दायरामा ल्याउन र जनकारवाही गर्न नसके नेपाल लाई नेपाल होइन नर्क बनाउँछन् कुपात्राहरुले त्यसैले बेलैमा सचेत हुन जरुरी छ ।

निर्वाचन भनेको लोकतन्त्रको एउटा महत्त्वपूर्ण प्रक्रिया हो निर्वाचनद्वारा जनताले आफ्ना प्रतिनिधि छान्छन् । लोकतन्त्रमा जनताले व्यवस्थापिकामा कहिलेकाहीँ न्यायपालिका र कार्यपालिकामा विभिन्न पदमा बस्न का व्यक्तिहरूलाई चुनावमार्फत चुन्ने गर्छन् ।

चुनाव गोप्य मतदान मतपत्रको माध्यमले प्रकट गरिन्छ । मतदानको माध्यमले व्यक्तिले निर्णय लिने वा आफ्नो विचार व्यक्त गर्ने विधि मतदान मानिन्छ । राजनीतिमा जनसहभागिता धेरै महत्वपूर्ण हुन्छ । चुनावमा गरेका वाचाहरूको सत्यता र झुटको खोजी नभएसम्म नेपालको राजनीति विकासउन्मुख हुन सक्दैन । राजनीतिमा धोखेबाजहरूको झुण्डमा परिणत नहोस् भन्ने चिन्ता चासो सर्वत्र सुनिन्छ । जसले जति झुटो बोल्न सक्यो उही जित्ने र सरकारमा जाने प्रथा चलिरहेको छ । मतदाताले दलका घोषणापत्र र नेताका प्रतिज्ञालाई जाँच्न कुनै संयन्त्र छैन । झुटा आश्वासनको चमत्कारले विजय हात पार्नेहरू जे पनि गर्न सक्छु भन्ने घमण्डले जितेपछि केही नगर्नेहरू देशका ठूला नेता भएका छन् । लोकतन्त्रमा मतदाता आफ्नो भाग्यको निर्माता आफैँ हुन्छन् भन्ने भनाइ छ ।

मतदाता दबाब र प्रभावमा परी लोभीपापी हुँदा नयाँ नौलो लोकतन्त्र असफलतातिर गइरहेको हो कि भन्ने चिन्ता बढेको छ । लोकतान्त्रिक पद्धतिमा नेतालाई मात्र दोष लगाएर उम्कने ठाउँ छैन । नेताहरूले दिएका झुठा आश्वासनका पछाडि लाग्ने मतदाता पनि उत्तिकै जिम्मेवार छन् । लोकतन्त्रको असफलता मतदाताको आज नगद भोलि उधारोको दर्शनमा आधारित छ । विभिन्न आपराधिक गतिविधिमा संलग्न उम्मेदवारलाई चुन्ने वा बहिष्कार गर्ने अधिकार मतदातामा निहित छ । आपराधिक गतिविधिमा संलग्न कुनै उम्मेदवार जित्नु भनेको मतदाताको आपराधिक अभिमत जिम्मेवार हो । अयोग्य मतदाताले योग्य जनप्रतिनिधि चुन्न सक्दैनन् । मतदाताभन्दा असल जनप्रतिनिधि हुन सक्दैनन् ।

लोकतन्त्र असफल र असफल हुनुमा मतदाताको चेतनास्तरमा भर पर्छ । लोकतन्त्र जनताको सम्पत्ति हो । आफ्नो सम्पत्ति जोग

साताकाे चर्चित
सम्बन्धित