दरबार हत्याकाण्डबारे अध्यक्ष ओलीले यसरी दिए प्रतिक्रिया
दरबार हत्याकाण्डबारे अध्यक्ष ओलीले यसरी दिए प्रतिक्रिया
    • बेल संचार

    • ६ चैत्र २०७८, आईतवार

आज प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आउँदो निर्वाचनमा सही विचार लिएर जनतामा जानुपर्ने बताएका छन् ।

काठमाडौंमा मदन भण्डारी फाउन्डेसनको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले मुलुकको समृद्धि र समाजवादका लागि सही विचार लिएर जनतामाझ जानुपर्ने बताएका हुन् ।

उनले समृद्ध नेपाल, सुखी नेपाली भन्नु नै जनताको बहुदलीय जनवादको रूपान्तरण भएको तर्क गरे । केहीलाई समृद्ध नेपाल, सुखी नेपाली नारा नै मन नपरेको र यसलाई परिवर्तन गर्न खोजेको उनको भनाइ थियो ।

अध्यक्ष ओलीले दरबार हत्याकाण्डमा दीपेन्द्र शाहलाई हत्यारा साबित गर्न अनेक नाटक गरिएको र कसैले त्यस बेला प्रश्न समेत उठाउन नसकेको भन्दै दरबार हत्याकण्ड र मदन–आश्रित हत्याकाण्ड रहस्यमै सीमित हुन पुगेको उल्लेख गरे ।

कार्यक्रममा मदन भण्डारी फाउन्डेसनसँग सहकार्य गर्दै आएका त्रिभुवन विश्वविद्यालयका विभिन्न विभागका प्रतिनिधिहरूलाई सम्मान गरिएको थियो ।

साताकाे चर्चित
सम्बन्धित