आइतवार सुदूरपश्चिम, कर्णाली, गण्डकी प्रदेश र प्रदेश १ लगायत बाँकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
महाशाखाका अनुसार अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ।
देशका पहाडी भूभागका थोरै स्थानमा मेगगर्जन र चट्याङ्गसहित हल्का वर्षाको समेत सम्भावना छ।
हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको संभावना रहेको महाशाखाले जारी गरेकाे विज्ञप्तिमा जनाइएकाे छ ।