सम्बन्धनप्राप्त क्याम्पसको सवलीकरणमा शिक्षामन्त्रीको जोड   
सम्बन्धनप्राप्त क्याम्पसको सवलीकरणमा शिक्षामन्त्रीको जोड   

थापाथली इञ्जिनीयरिङ क्याम्पसको ५६औँ वार्षिकोत्सव कार्यक्रममा उहाँले विश्वविद्यालय आधुनिकीकरण नहुँदासम्म उच्च शिक्षामा सुधार नहुने बताउनुभयो । “

    • बेल संचार

    • ६ चैत्र २०७८, आईतवार

काठमाडौँ, ६
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालयले सम्बन्धन दिएका क्याम्पसको सवलीकरणमा ध्यान दिन आग्रह गर्नुभएको छ ।

थापाथली इञ्जिनीयरिङ क्याम्पसको ५६औँ वार्षिकोत्सव कार्यक्रममा उहाँले विश्वविद्यालय आधुनिकीकरण नहुँदासम्म उच्च शिक्षामा सुधार नहुने बताउनुभयो । “देशको ८० प्रतिशत विद्यार्थीले अध्ययन गर्ने शैक्षिक संस्था परम्परागत शैलीको हुनु भएन, अहिलेको युग सुहाउँदो हुनुपर्छ”, उहाँले भन्नुभयो, “विश्वविद्यालयले सम्बन्धन दिएका क्याम्पसको सवलीकरणमा ध्यान दिनुपर्छ ।”

मन्त्री पौडेलले देश सुरुङमार्ग, लिफ्टिङ सिँचाइ, नयाँ पुल, राजमार्ग बन्ने युगमा प्रवेश गरेको भन्दै पूर्वाधार निर्माणमा इञ्जिनीयरको बढी भूमिका हुने हुँदा यसप्रति गम्भीर हुन आग्रह गर्नुभयो । यस वर्षदेखि देशका ४० बढी क्याम्पसको भौतिक संरचना बन्ने जानकारी दिदैं उहाँले कार्ययोजना, दक्षता, लगनशील, अनुशासन र ऊर्जाशील भए मात्रै नवीनतम नतिजा दिन सकिने बताउनुभयो ।

साताकाे चर्चित
सम्बन्धित