४५६ चालकलाई कारबाही   
  ४५६ चालकलाई कारबाही   

सप्तरीमा ५६, सिरहामा १५८, धनुषामा ७४, पर्सामा ९१, महोत्तरीमा ३१, सर्लाहीमा २५, रौतहटमा १४ र बारामा सात चालकलाई कारबाही गरिएको छ ।         

    • बेल संचार

    • ६ चैत्र २०७८, आईतवार

जनकपुर, 
मधेश प्रदेशका विभिन्न जिल्लामा होली पर्वका बेला ट्राफिक नियम उल्लङ्घन गर्ने ४५६ सवारीसाधनका चालकलाई कारबाही गरिएको छ ।

होली पर्वमा मादकपदार्थ सेवन गरी तथा बिना हेलमेट ट्राफिक नियम उल्लङ्घन गर्ने चालकलाई नियन्त्रणमा लिई कारबाही गरिएको प्रदेश ट्राफिक कार्यालय पथलैया बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तुप्रसाद जैसवालले जानकारी दिनुभयो । सप्तरीमा ५६, सिरहामा १५८, धनुषामा ७४, पर्सामा ९१, महोत्तरीमा ३१, सर्लाहीमा २५, रौतहटमा १४ र बारामा सात चालकलाई कारबाही गरिएको छ ।

चालकलाई कारबाही गरी रु दुई लाख ३१ हजार राजस्व सङ्कलन गरिएको जैसवालले बताउनुभयो । यस्तै होलीको बेला मधेश प्रदेशका ८ वटै जिल्लामा ५९ सवारीसाधन दुर्घटना हुँदा दुई जनाको मृत्यु तथा ११४ जना घाइते भएका थिए ।

साताकाे चर्चित
सम्बन्धित