न्याय सेवा आयोगको बैठक   
   न्याय सेवा आयोगको बैठक   

सरुवा हुनेमा ११ सहसचिव, ४० उपसचिव र १३४ अधिकृत गरी १८५ कर्मचारीको रहेका छन् ।    

    • बेल संचार

    • ६ चैत्र २०७८, आईतवार

काठमाडौँ, 
न्याय सेवा आयोगको आजको बैठकले न्याय सेवाका १८५ जना कर्मचारीको सरुवा गर्ने निर्णय गरेको छ । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षतामा आज बसेको बैठकले उक्त सेवाका सो कर्मचारीलाई सरुवा गर्ने निर्णय गरेको न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिनुभयो । सरुवा हुनेमा ११ सहसचिव, ४० उपसचिव र १३४ अधिकृत गरी १८५ कर्मचारीको रहेका छन् ।

बैठकले जिल्ला न्यायाधीशको परीक्षा उत्तीर्ण गरेका दुईलाई जिल्ला न्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको छ । लिखित परीक्षा तथा अन्तर्वार्ता परीक्षा उत्तीर्ण हुनुभएका भुवन गिरी र ओमबहादुर सोडारीलाई बैठकले जिल्ला न्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको हो ।

साताकाे चर्चित
सम्बन्धित