नायीका प्रियंका कार्की प्रहरीकाे फन्दामा पर्नुभएकाे छ । डिजिटल मुद्रा ‘क्रिप्टोकरेन्सी’को काराेबार गरेकाे आरोपमामा कार्कीलाई साेधपुछका लागि केन्द्रीय अनुसन्धान ब्युरो बाेलाएकाे हाे।
सामाजिक सञ्जाल फेसबुकमा नायीका कार्कीले तस्बिरसहित क्रिप्टोकरेन्सीको विज्ञापन गरेपछि भेटिएपछि प्रहरीले आइतबार त्यसबारे बुझ्न ब्युरोमा बोलाएकाे प्रहरी स्राेतले जानकारी दिएकाे छ ।
‘क्रिप्टोकरेन्सीमा मैले लगानी गरेको छु, तपाईहरू पनि लगानी गर्नुस्’, सामाजिक सञ्जालमा भिडियो पोष्ट गर्दै अभिनेत्री कार्कीले लेख्नुभएकाे छ ।