रुसले युक्रेनमा पुनः अर्को हाईपरसोनिक मिसाईल प्रहार गरेको छ । यस अघिकै जस्तो तीव्र गतिको यो शक्तिशाली मिसाईलले उत्तरी युक्रेनको ज्योतोमार क्षेत्रमा रहेको सैन्य बेसक्याम्पमा आक्रमण गरिएको रुसी रक्षा मन्त्रालयले दाबी गरेको छ । सो आक्रमणमा एक सय बढी रुसी बिशेष सेना र विदेशी सेना मारिएको दाबी गरेको छ । युक्रेनमा करीब २० हजार विदेशी नागरिक सेनामा सामेल भएर रुस विरुद्ध लड्दै आएका छन् ।
यो हमलापछि ठूलो संख्यामा विदेशी सेनाको दस्ता पोल्याण्डतिर भागेको रिपोर्ट प्राप्त भएको रुसको दाबी छ ।
युक्रेनमा रहेका सबै सैन्य अखडा र विदेशी लडाकु प्रशिक्षण शिविर र लोकेसन पत्ता लागिसकेको भन्दै रुसले त्यस्ता केन्द्रलाई लक्षित गरेर थप आक्रमण गर्ने चेतावनी दिएको छ ।
२५ दिन देखि जारी युद्धमा हजारौँ सेना, ८५० बढी सर्वसाधारणको मृत्यु भईसकेको छ ।