देशमा रोजगारीको अभाव कति छ भन्ने कुराको एउटा दृष्य म्यादी प्रहरीमा भर्ना हुन आवेदन दिनेको लाईन हेर्दा पनि कल्पना गर्न सकिन्छ । जम्मा ४० दिने सेवा अवधिका लागि र केबल ३० हजार कमाईका लागि निर्वाचन लक्षित म्यादी प्रहरी भर्ना आवेदन खुलेकै दिन देशभर फारम भर्नेको ठूलो लाईन देखिएको छ ।
कतिपय जिल्लामा त बच्चाका आमाहरु समेत लाईन लाखेको खबर छ । बेरोजगारीका कारण युवाहरु आवधिक छोटो कामका लागि भए पनि भर्ना हुन खोजेको देखिन्छ ।
आगामी बैशाख ३० गते हुने निर्वाचनका लागि देशभरका सबै जिल्लाहरुबाट आजदेखि एक लाख म्यादी प्रहरी भर्नाको लागि आवेदन खुलेको छ ।
चैत्र २२ मा छनौट हुने उम्मेद्धारले २८ गतेबाट तालिम शुरु गरेर अनि प्रहरीसँग ड्युटीमा खटिनेछन् ।
निर्वाचन सम्पन्न भएपछि उनीहरुको सेवा अवधि समाप्त हुनेछ ।