वीरगन्जका राजेशमान सिंह जनता समाजवादी पार्टी नेपाल (जसपा) प्रवेश गरेका छन्।
आज वीरगन्जमा आयोजित कार्यक्रममा अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादवले उनलाई पार्टी प्रवेश गराएका हुन्।
जसपा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईका अनुसार राजेशमान जसपा प्रवेश गरेका हुन्। सिंह नेकपा एमाले प्रवेशको तयारीमा थिए।
तर वीरगन्ज महानगरका मेयर विजय सरावगी एमाले प्रवेश गरेपछि उनी जसपा प्रवेश गरेका छन्।
सिंह २०७४ को स्थानीय चुनावमा राजपाका तर्फबाट मेयरको उठेका थिए। सिंहले १२ हजार १ सय ६५ भोट ल्याएका थिए।
सिंहले २०४३ सालमा नेविसंघबाट राजनीति सुरू गरेका थिए।
उनी २०५४ सालमा कांग्रेसको तर्फबाट वडा सदस्यमा निर्वाचित भएका थिए। २०६३ को मधेस आन्दोलनदेखि उनी मधेस राजनीतिमा सक्रिय छन्।