नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद हेरफेरको सम्भावना रहेको बताएका छन्।
यसबारे कुराकानी भइरहे पनि औपचारिक निर्णयमा नपुगिएको उनले बताए। आजै प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रचण्डले बालुवाटारमा भेटवार्ता गरेका थिए।
‘मन्त्रिपरिषदमा हेरफेरको कुरा त चलेको छ, तर अहिलेसम्म औपचारिक ढंगले टुंगिएको छैन,’ आज जनकपुर पुगेका प्रचण्डले पत्रकारहरूसँग भने, ‘मन्त्रिपरिषद हेरफेरको सम्भावना छ। केही मन्त्रालय हेरफेरको सम्भावना छ।’
उनले केही नयाँ मन्त्री आउन सक्ने बताए।
उनले फरक प्रसंगमा आफ्नै खुट्टामा उभिएर माओवादी चुनावमा जाने तयारीमा रहेको पनि बताए। तर गठबन्धन माओवादीको नेतृत्वदायी भूमिकाले बनेको पनि उनको भनाइ थियो।