तदर्थ समिति गठनको माग गर्दै कांग्रेस कार्यालयमा नेविसंघको अनशन
तदर्थ समिति गठनको माग गर्दै कांग्रेस कार्यालयमा नेविसंघको अनशन

नेविसंघ नेतृत्वविहीन भएको लामो समय भइसकेको छ।

    • बेल संचार

    • ८ चैत्र २०७८, मंगलवार

नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा नेविसंघले अनशन सुरू गरेका छन्।

नेविसंघ नेतृत्वविहीन भएको लामो समय भइसकेको छ।

नेविसंघ अध्यक्ष राजिब ढुंगाना कांग्रेस १४ औं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएपछि उनको पद स्वत: रिक्त भएको थियो।

नेविसंघलगायत कांग्रेसका ५ भातृ संस्थाका प्रमुखहरू कांग्रेस केन्द्रीय सदस्य बनेपछि ती पद रिक्त भएको लामो समय भइसकेको छ।

नेविसंघमा तदर्थ समिति गठन गर्न माग गर्दै सोमबारदेखि पार्टी कार्यालयमा अनशन सुरू भएको थियो। आज पनि अनशन निरन्तर छ।

नेविसंघ विधानको पूर्ण कार्यान्वयन हुनुपर्ने, सबै उमेर समूहका विद्यार्थीको प्रतिनिधित्व कायम हुने गरी तदर्थ समिति बनाइनुपर्ने, चुनावमा युवा तथा विद्यार्थी परिचालनको वातावरण बनाउनुपर्नेलगायत माग राखेर अनशन भएको हो।

नेविसंघ संघर्ष समितिले नेविसंघको १२ औं महाधिवेशन सुनिश्चित गर्न पनि माग गरेका छन्।

नेविसंघ नेताहरू सञ्जयजंग थापा, विवेक बानियाँ, सूर्य सत्याललगायत अनशन बसेका छन्।

साताकाे चर्चित
सम्बन्धित