अध्यादेशबाट भए पनि संघीय निजामती सेवा ऐन ल्याउँछौं: मन्त्री बडू
अध्यादेशबाट भए पनि संघीय निजामती सेवा ऐन ल्याउँछौं: मन्त्री बडू

उनले कर्मचारीका मागलाई सम्बोधन गर्न सरकार अधिकतम प्रयासरत रहेको बताए।

    • बेल संचार

    • ८ चैत्र २०७८, मंगलवार

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले कर्मचारीको हितमा हुने गरी संघीय निजामती सेवा ऐन ल्याइने बताएका छन्।

नेपाल निजामती कर्मचारी युनियनका पदाधिकारीसँग आज भएको अन्तर्क्रियामा मन्त्री बडूले कर्मचारीको हितमा हुने गरी ऐन ल्याउन सरकार प्रतिवद्ध रहेको बताए।

मन्त्री बडूले अध्यादेशबाट भए पनि संघीय निजामती सेवा ऐन ल्याइने बताएका छन्।

उनले कर्मचारीका मागलाई सम्बोधन गर्न सरकार अधिकतम प्रयासरत रहेको बताए।

उनले कर्मचारी समायोजन, आन्तरिक प्रतिस्पर्धा, अनुमानयोग्य बढुवा, व्यक्तिगत सम्बन्धले नभई कामको आधारमा कर्मचारीको कार्यसम्पादन मूल्यांकन गर्ने परिपाटी, श्रेणीविहीनदेखि सबै तहका कर्मचारीको सरोकारका विषयमा सरकार सचेत रहेको बताएका थिए।

छलफलमा युनियनका अध्यक्ष गोपाल पोखरेलले चार वर्षदेखि संघीय निजामती सेवा ऐनमा समेट्नुपर्ने विषयमा आफूहरूले माग राखिरहेको बताए।

उनले कर्मचारीका इच्छाविपरीत गरिएको समायोजन, संघ, प्रदेश र स्थानीय तहका कर्मचारीबीचको विभेद, आन्तरिक तथा खुला प्रतिस्पर्धामा क्षमतावान कर्मचारीले प्रतिस्पर्धा गर्न पाउनेलगायतका विषय सम्बोधन गर्न पनि माग गरेको मन्त्री बडूको सचिवालयले जानकारी दिएको छ।

साताकाे चर्चित
सम्बन्धित