राष्ट्रपतिबाट तेस्रोपटक रेल्वे अध्यादेश जारी
राष्ट्रपतिबाट तेस्रोपटक रेल्वे अध्यादेश जारी

यसअघि ०७८ मंसिर र वैशाखमा सरकारले रेल्वे अध्यादेश जारी गर्न सिफारिस गरेपछि राष्ट्रपतिबाट जारी पनि भएको थियो।

    • बेल संचार

    • ९ चैत्र २०७८, बुधबार

राष्ट्रपति विद्यादेवी भण्डारीले रेल्वे अध्यादेश २०७८ जारी गरेकी छन्।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले मंगलबार रेल्वे अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले बताए।

संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गरिएको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत् जनाएको छ।

योसहित रेल्वे अध्यादेश तीनपटक जारी भएको छ। यसअघि ०७८ मंसिर र वैशाखमा सरकारले रेल्वे अध्यादेश जारी गर्न सिफारिस गरेपछि राष्ट्रपतिबाट जारी पनि भएको थियो।

तर ६० दिनभित्र संसदमा लैजान नपाएपछि अध्यादेश निस्कृय भएका थिए।

नेपालमा जनकपुरदेखि जयनगरसम्म रेल सञ्चालन तयारी गरिएको छ। यो अध्यादेशसँगै रेल सञ्चालन र कर्मचारी नियुक्तिसम्बन्धी व्यवस्था गर्ने बाटो खुलेको छ।

रेल सञ्चालनका लागि तयारी गरे पनि नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा औपचारिक उद्घाटन गर्ने भने पनि ढिलाइ भइरहेको छ।

साताकाे चर्चित
सम्बन्धित