जीवन मरणको सवाल आए युक्रेनमा परमाणु हतियार प्रयोग गर्नेछौँ- रूस
जीवन मरणको सवाल आए युक्रेनमा परमाणु हतियार प्रयोग गर्नेछौँ- रूस

यदि जीवन मरणको सवाल उठेमा रूस परमाणु हतियार प्रयोग गर्न बाध्य हुने उनले चेतावनी दिएका छन्। 

    • बेल संचार

    • ९ चैत्र २०७८, बुधबार

रूसका राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेस्कोवले युक्रेनमा परमाणु हतियार प्रयोग गर्न सकिने जनाउ दिएका छन्।

यदि जीवन मरणको सवाल उठेमा रूस परमाणु हतियार प्रयोग गर्न बाध्य हुने उनले चेतावनी दिएका छन्।

‘यदि सवाल जीवन मरणको आएमा रूसले देशको सुरक्षाका लागि परमाणु हतियारको प्रयोग गर्नेछ’, उनले भनेका छन्।

मंगलबार सीएनएनलाई दिएको एक अन्तर्वार्तामा पेस्कोवले युक्रेनसँगको युद्वका क्रममा परमाणु हतियारको सम्भावित प्रयोगबारे बताएका हुन्।

‘देशको सुरक्षाका लागि हाम्रो अवधारणा हो र यो सार्वजनिक नै छ। तपाईँलाई थाहा छ कुन कुन हालतमा परमाणु हतियारको प्रयोगको कुरा हामीले गरेका छौं । यदि हाम्रो देशका अगाडि जीवन मरणको अवस्था आए हामी हाम्रो नीति अनुसार परमाणु हतियार प्रयोग गर्न सक्नेछौँ’, हतियार प्रयोगबारे सिएनएनले सोधे प्रश्नमा उनले जवाफ दिएका छन्।

यसअघि युक्रेनमाथि हमला गरेको केही दिनपछि फेब्रुअरी २८ मा राष्ट्रपति पुटिनले परमाणु हतियार तम्तयार राख्न सेनालाई निर्देशनसमेत दिएका थिए।

साताकाे चर्चित
सम्बन्धित