नेटो बैठकमा सम्बोधन गर्दै युक्रेनी राष्ट्रपति जेलेन्स्की
नेटो बैठकमा सम्बोधन गर्दै युक्रेनी राष्ट्रपति जेलेन्स्की

यसअघि राष्ट्रिपति जेलेन्स्कीले क्यानडा र अमेरिकी सदनलाई सम्बोधन गरेका थिए।

    • बेल संचार

    • ९ चैत्र २०७८, बुधबार

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले नेटो बैठकमा सम्बोधन गर्ने भएका छन्।

एएफपीका अनुसार उनले बिहिबार ब्रसेल्समा हुने नेटो मुलुकको बैठकमा भिडिओमार्फत सम्बोधन गर्न लागेका हुन्।

युक्रेनमा रूसले गरेको आक्रमणबारे नेटोलाई जानकारी गराउन राष्ट्रपति जेलेन्स्कीलाई सम्बोधन गर्ने लागेका हुन्।

बिहिबारको नेटो बैठकले युक्रेन आसपासका नेटो मुलुकले सुरक्षा कडा पार्ने र युक्रेनमाथि रूसको आक्रमणको विरोध गर्ने बताइएको छ।

यसअघि राष्ट्रिपति जेलेन्स्कीले क्यानडा र अमेरिकी सदनलाई सम्बोधन गरेका थिए।

सम्बोधनका क्रममा जेलेन्स्कीले अमेरिकालाई अझै धेरै सहयोग गर्न र युक्रेनको आकाशलाई नो फ्लाई जोन घोषणा गर्न अनुरोध गरेका थिए।

उनले अमेरिकाले अहिलेसम्म गरेको सहयोगका लागि धन्यवाद दिँदै रूसमाथि अझै कडा प्रतिबन्ध लगाउन अनुरोध गरेका थिए।

सम्बोधनका क्रममा जेलेन्स्कीले रूसी आक्रमणपछिको युक्रेनको अवस्था समेटिएको निकै हृदयविदारक भिडिओ पनि देखाएका थिए।

साताकाे चर्चित
सम्बन्धित