२५ डीएसपीको काज सरूवा, कसको–कहाँ?
२५ डीएसपीको काज सरूवा, कसको–कहाँ?

प्रहरी प्रधान कार्यालयले  मंगलबार साँझ २५ जना डीएसपीलाई काज सरूवा गरेको हो।

    • बेल संचार

    • ९ चैत्र २०७८, बुधबार

२५ प्रहरी नायब उपरीक्षक (डीएसपी) को काज सरूवा भएको छ।

प्रहरी प्रधान कार्यालयले  मंगलबार साँझ २५ जना डीएसपीलाई काज सरूवा गरेको हो।

प्रहरी प्रधान कार्यालयका अनुसार बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडामा कार्यरत डीएसपी अंगुर जिसीलाई जिल्ला प्रहरी परिसर ललितपुरमा खटाइएको छ।

यस्तै जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुमा कार्यरत डीएसपी कबित कटवाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टंगालमा खटाइएको छ । अख्तियारमा कार्यरत सन्तोष निरौलालाई जिल्ला प्रहरी कार्यालय जाजरकोट सरूवा गरेको छ।

यस्तै प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागमा जिल्ला प्रहरी कार्यालय पूर्वी रुकुममा कार्यरत डीएसपी गणेश बहादुर श्रेष्ठलाई काजमा खटाएको छ।

केन्द्रीय अनुसन्धान विभागमा कार्यरत कृष्णराज ओझालाई जिल्ला प्रहरी कार्यालय हुम्ला खटाएको छ।

यस्तै महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत विष्णु प्रसाद सोतीलाई जिल्ला प्रहरी कार्यालय पश्चिम रूकुम पठाएको छ।

हेर्नुहोस् सूची

साताकाे चर्चित
सम्बन्धित