राष्ट्रिय खाद्य बैंक कर्णाली प्रदेश समिति गठन   
   राष्ट्रिय खाद्य बैंक कर्णाली प्रदेश समिति गठन   

सुर्खेतमा आज सम्पन्न भेलाले कर्णाली प्रदेशसभा सदस्य पद्मा खड्काको संयोजकत्वमा १३ सदस्यीय तदर्थ समिति गठन गरेको हो ।  

    • Bell Sanchar

    • ९ चैत्र २०७८, बुधबार

कर्णाली
राष्ट्रिय खाद्य बैंक लिमिटेडको कर्णाली प्रदेशस्तरीय समिति गठन गरिएको छ । सुर्खेतमा आज सम्पन्न भेलाले कर्णाली प्रदेशसभा सदस्य पद्मा खड्काको संयोजकत्वमा १३ सदस्यीय तदर्थ समिति गठन गरेको हो ।

समितिमा पूर्णप्रसाद पौडेल, चन्द्र थानी, शान्ति सिंह, देवप्रसाद पौडेल, भीमसेन पुन, पे्रम शाही, दीपबहादुर महतारा, हेमन्त वली, तारा गिरी, निरक वली, पूर्णप्रसाद आचार्य र यज्ञ ढकाल सदस्य रहनुभएको छ । ‘पोषिलो आहारका लागि दिगो कृषि उत्पादन हाम्रो अभियान’ भन्ने नाराका साथ स्थापना भएको खाद्य बैंकले छिट्टै प्रदेशस्तरीय कार्यालय स्थापना गर्ने जनाएको छ ।

खाद्य बैंक लिमिटेडका संयोजक खड्काले किसानलाई आत्मनिर्भर बनाउन, अर्गानिक र प्राकृतिक खानेकुरा उत्पादनलाई प्रोत्साहन गर्न, बीउबिजन बैंक सञ्चालन गर्न, खाद्य तथा कृषि अनुसन्धानलाई जोड दिने उद्देश्यले कर्णालीमा बैंकको शाखा स्थापना भएको जानकारी दिनुभयो ।
–––

साताकाे चर्चित
सम्बन्धित