पाँचौं प्राङ्गारिक तथा प्राकृतिक कृषि मेला बैशाख १ देखी पाटन संग्राहालयमा शुरु हुने
पाँचौं प्राङ्गारिक तथा प्राकृतिक कृषि मेला बैशाख १ देखी पाटन संग्राहालयमा शुरु हुने
    • Bell Sanchar

    • १० चैत्र २०७८, बिहीबार

अर्गानिक एशोसिएशन अफ नेपालको आयोजनामा आउँदो बैशाख १ गते देखि पाँचौं प्राङ्गारिक तथा प्राकृतिक कृषि मेला २०७८ संचालनमा आउने भएको छ । रिर्पोर्टर्स् क्लब नेपालमा विहिबार पत्रकार सम्मेलन आयोजना गरि मेला बारे जानकारी दिईएको हो । सो अवसरमा अर्गानिक एशोसिएशन अफ नेपालका अध्यक्ष दिपक प्रकाश बाँस्कोटाले अन्तरराष्ट्रिय अर्गानिक विज्ञ समेतलाई ल्याएर मेलामा प्रस्तुती दिदै आईएको बताउदै खाद्य शुद्धतामा मेला केन्द्रित रहेको उल्लेख गरे ।

अध्यक्ष बाँस्कोटाले विगतमा आफूले योजना आयोगलाई अर्गानिक कृषिलाई प्रबर्धन गर्न आवश्यक योजना एवम् बजेटका लागि आग्रह गरेको तर सरकाए नसुनेको उल्लेख गर्दै जनस्वास्थ्यको लागि पनि यस बिषय प्रति गम्भिर बन्नुको विकल्प नरहेको उल्लेख गरे । अर्गानिक भन्दा माथि वैदिक अर्गानिक रहेको उल्लेख गरेका बाँस्कोटाले नेपाल महर्षि वैदिक फाउण्डेसनले वैदिक अर्गानिक कृषि खेतीको काम सुरु गरेको जानकारी समेत दिए ।

अर्गानिक अभियानलाई ग्रामीण देखी शहरसम्म पुर्याउन आवश्यक रहेको बताउदै नेपाल सरकारले चाहेमा अर्गानिक कृषिमा सफलता हासिल हुनेमा दुईमत नरहेको पनि उनले दाबी गरे । महर्षि वैदिक फाउण्डेसनका अन्तरराष्ट्रिय निर्दशक किन्स्ले ब्रुकले वैदिक अर्गानिकलाई प्रबर्धन गर्न सके नेपालको पर्यटन विकासले फडको मार्ने उल्लेख गर्दै अर्गानिक उत्पादनको अन्तराष्ट्रिय बजार समेत ठुलो रहेकोले यसबाट समेत नेपालले फाईदा लिन सक्ने दाबी गरे ।

नेपाल सरकारलाई अर्गानिक उत्पादनलाई प्राथमिकतामा राख्दै अघि बढन आग्रह गर्दै उनले अर्गानिक उत्पादनको अन्तरास्ट्रिय बजार ठुलो रहेको अर्गानिक कृषि विषादी रहीत उत्पादन रहेकाले मानव स्वास्थ्यमा यसले धेरै सघाउ पुग्ने हुँदा अर्गानिक उत्पादनलाई प्राथमिकतामा राख्दै अघि बढन नेपाल सरकारलाई आग्रह समेत गरे ।

महर्षि वैदिक फाउण्डेशनकी अन्तरराष्ट्रिय निर्देशक लेस्ली ब्रुकले स्वास्थ्यका लागि खाना र पानी महत्वपूर्ण रहने बताउदै विषादीले माटोको उर्वरतामा समेत ह्रास आउने हुँदा भविष्यको लागि पनि अर्गानिक कृषि खेतीमा लाग्न ढिलाई गर्न नहुने बताईन् । त्यसैगरि एशोसियसनकी महासचिव शान्ता बाँस्कोटा कोईरालाले मेला बारे जानकारी दिने क्रममा ललितपुर स्थीत पाटन संग्राहालयमा बैशाख १ गते शुरु भई ४ गतेसम्म मेला सुचारु रहने बताईन् ।

नेपालको अर्गानिक उत्पादनलाई निर्यातमुखी बनाउन र अन्तर्राष्ट्रिय व्यवसायीहरुलाई समेत आकर्षित गर्न अन्तर्राष्ट्रिय अर्गानिक एग्रो फेयर गर्न लागिएको उनले जनाउदै उनले भनिन् ‘नेपालको अर्गानिक उत्पादनलाई निर्यातमुखी बनाउन र अन्तर्राष्ट्रिय व्यवसायीहरुलाई समेत आकर्षित गर्न अन्तर्राष्ट्रिय अर्गानिक एग्रो फेयरको आवश्यक्ता महसुस गरि मुख्य आयोजक अर्गानिक एसोसिएसन नेपाल र कंचनजंघा टी स्टेट एण्ड रिसर्च सेन्टरले उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय अन्तर्गतको व्यापार प्रबद्र्धन निकासी केन्द्रसंगको सहकार्यमा यस अर्गानिक मेलाको आयोजना गर्न लागिएको हो ।

’ रोग लागेर औषधी उपचार गर्नुभन्दा पनि रोगै नलाग्ने उपायको लागि एक भरपर्दो माध्यम जैविक उत्पादन भएकाले यसको प्रबद्र्धन गर्नका निम्ति मेला लक्षित रहेको उल्लेख गर्दै उनले भनिन् ‘अर्गानिक उत्पादनको बजार प्रबद्र्धन गर्ने र स्वस्थ जीवन शैलीका लागि अर्गानिक उत्पादन प्रयोगमा जोड दिन प्रेरित गर्ने यस मेलाको ध्येय हो, सोही अनुरुप अर्गानिक उत्पादनहरुको बारेमा आमनागरिकलाई जानकारी दिंदै त्यस्ता उत्पादनको प्रबद्र्धन गरी अर्गानिक अभियानलाई टेवा पुर्याउन उत्पादक र उपभोक्ताको साझा मञ्चको विकास गर्ने हाम्रो लक्ष्य छ ।

’ कंञ्चनजंघा टि इस्टेट एण्ड रिसर्च सेन्टर प्रा लिकी प्रबन्ध निर्देशक समेत रहेकी बाँस्कोटाले कंपनीले विगत २५ वर्ष देखी अनवरत रुपमा अर्गानिक उत्पादन र यसको उपभोगबाट मानव जीवनमा हासिल हुने लाभका संबन्धमा विविध सचेतनामुलक कार्यक्रम गर्दै आएको जानकारी दिदै विगत ४ वर्ष देखी अर्गानिक उत्पादकहरुलाई संस्थागत गर्न “अर्गानिक एसोसिएसन नेपाल “ स्थापना गरिएको उल्लेख गरिन् ।

अर्गानिक उत्पादनलाई प्रबर्धन गर्न काठमाण्डौ उपत्यकामा अर्गानिक जैविक कृषिमेलाको आयोजना गर्दै जनचेतना अभिबृद्धि गर्ने काम गर्दै आईएको उनले जनाईन् । मेलामा ५० भन्दा बढी स्टलहरु रहनेछ । ३० लाख खर्च अनुमान गरिएको यस मेलामा एक करोडको कारोबार हुने अपेक्षा लिइएको छ ।

मेलाको सह आयोजकमा सांग्रिला एग्रो वर्ल्ड र बाँस्कोटा ग्रुप रहेका छन् भने व्यापार तथा निकासी प्रबर्धन केन्द्रसँगै घरेलु तथा साना उद्योग माहासंघ, नेपाल महर्षि वैदिक फाउण्डेसन र केटिई फाउण्डेसन मेलाको सहयोगी साझेदारका रुपमा रहेका छन् । कार्यक्रममा अर्गानिक अभियन्ता तारा बाँस्कोटा, चन्द्रकला बाँस्कोटा, समिक्षा बाँस्कोटा लगायतको उपस्थिती रहेको थियो ।

यस्ता छन् मेलाको मुख्य उद्देश्य १. नेपालको अर्गानिक तथा प्राकृतिक कृषि उपजहरुको राष्ट्रिय, अन्तर्राष्ट्रिय बजारीकरणमा टेवा पु¥याउने तथा उत्पादक र उपभोक्ताहरुलाई एउटै थलोमा ल्याउने । २. उत्पादक र उपभोक्ता बीचचको मूल्य अन्तरलाई न्यूनीकरण गर्दे उपभोक्तालाई सुपथ मूल्यमा अर्गानिक तथा प्राकृतिक उपभोग्य सामाग्रीहरु उपलब्ध गराउने वातावरण बनाउने ।

३. स्वस्थ्य भई बाँच्न पाउने अधिकारको रक्षा र उपभोक्ता हितको संरक्षण र सम्बद्र्धनमा सहयोग पुर्याउने । ४. अर्गानिक बिषयसँग सम्बन्धित कार्यपत्र प्रस्तुत तथा अन्तरकृया मार्फत सरोकारवालाहरुलाई जानकारी उपलब्ध गराउने ।

साताकाे चर्चित
सम्बन्धित