शुक्रवार केही पहाडी भेगमा सामान्य बदली रही मेघ गर्जनसहित हल्का वर्षाकाे सम्भावना
शुक्रवार केही पहाडी भेगमा सामान्य बदली रही मेघ गर्जनसहित हल्का वर्षाकाे सम्भावना
    • बेल संचार

    • ११ चैत्र २०७८, शुक्रबार

शुक्रवार देशभर पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेकाे जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहने  महाशाखाकाे भनाइ छ।

प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ।

त्यस्तै, राती देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, गण्डकी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एक वा दुई स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।

साताकाे चर्चित
सम्बन्धित