चीनीया विदेशमन्त्री वागं यी आज तीन दिने नेपाल भ्रमणका लागि काठमाण्डौँ आँउदैछन् । उनी चीनबाट अफ्गानिस्तान र भारत भ्रमण गरेर नेपाल आउन लागेका हुन् । प्रधानमन्त्री शेर बहादर देउवा नियुक्त भएपछि चीनबाट हुन लागेको यो सबै भन्दा उच्च स्तरीय भ्रमण हो ।
नेपालले विवादमा परेको एमसीसी परियोजना अनुमोदन गरेपछि चीनले आफ्नो चासो व्यक्त गर्दै आएको थियो । चीनले सन् २०१७ मा नेपालले सहभागीता जनाउने घोषणा गरेको बेल्ट एण्ड रोड ईनिसिएटिभ परियोजनामा थप समझदारी र कार्यन्वयनमा जोड दिन सक्नेछ । साथै ७६ सालमा चीनीया राष्ट्रपति सि जिन पिगंको भ्रमणका क्रममा भएका समझदारी कार्यन्वयनका लागि पनि नेपालले जोड दिनेछ ।
यस भ्रमणका क्रममा विभिन्न उच्च स्तरीय भेटवार्ता, पोखरा अन्तराष्ट्रिय विमानस्थलको उद्घाटन लगायतका काममा वागं सहभागी हुनेछन् । यो भ्रमणले दुई देशबीचको सम्बन्ध थप विस्तार र बलियो बन्ने नेपाली कुटनीतिज्ञहरुको अपेक्षा छ । उनी २ वर्ष अघि पनि नेपाल आएका थिए ।