आदिवासी-जनजाति महासंघमा एमाले-कांग्रेस गठबन्धनका उम्मेदवार बिजयी
आदिवासी-जनजाति महासंघमा एमाले-कांग्रेस गठबन्धनका उम्मेदवार बिजयी

उनले सोनाम लामालाई हराएका हुन्। सोनाम नेकपा माओवादी केन्द्र र जसपाका साझा उम्मेदवार थिए।

    • बेल संचार

    • ११ चैत्र २०७८, शुक्रबार

नेपाल आदिवासी-जनजाति महासंघको दसौं महाधिवेशनमा नेकपा एमाले र नेपाली कांग्रेस गठबन्धनका साझा उम्मेदवार गेल्जे लामा शेर्पा अध्यक्षमा निर्वाचित भएका छन्।

उनले सोनाम लामालाई हराएका हुन्। सोनाम नेकपा माओवादी केन्द्र र जसपाका साझा उम्मेदवार थिए।

अध्यक्षमा जितेका शेर्पाले ४४ र पराजित भएका लामाले जम्मा ८ मतमात्रै ल्याएका छन्। एक मत भने बदर भएको थियो।

महासचिवमा दिवस राई निर्वाचित भए। उनी पनि एमाले-कांग्रेस गठबन्धनबाट उम्मेदवार थिए।

२१ सदस्यीय कार्यसमितिको अरू पदमा भने सर्वसम्मत भएको थियो।

साताकाे चर्चित
सम्बन्धित