निर्वाचनमा गठबन्धन गर्ने विषयमा कांग्रेसभित्र फरक–फरक सुझाव
निर्वाचनमा गठबन्धन गर्ने विषयमा कांग्रेसभित्र फरक–फरक सुझाव
    • बेल संचार

    • १२ चैत्र २०७८, शनिबार

नेपाली कांग्रेसभित्र निर्वाचनमा गठबन्धन गर्ने विषयमा फरक–फरक सुझावहरु आएका छन् । पार्टी कार्यालय सानेपामा शुक्रबार बसेको कांग्रेसको केन्द्रीय कमिटी बैठकमा निर्वाचन केन्द्रीत अभियानका बिषयमा लिइएको सुझावका क्रममा गठबन्धन गर्ने विषयमा फरक–फरक सुझावहरु आएको कांग्रेस प्रवक्ता डा.प्रकाश शरण महतले जानकारी दिए ।

उनले सभापति शेरबहादुर देउवाले चुनावमा गठबन्धन लाद्न खोजेको भन्ने भनाइ झुटो कुरा भएको बताए । बैठकमा आवश्यकताको सिद्धान्तअनुसार कतै गठबन्धन गरेर जान हुने कतै गठबन्धन नगरे पनि भनेर फरक फरक ठाउँहरुबाट रिपोर्टहरु आएको उनले बताए ।

आवश्यकताको सिद्धान्तमा गठबन्धन हुनुपर्छ भन्ने सुझावहरु आएको र पार्टी नेतृत्वले त्यसमाथि छलफल गर्ने उनले बताए । छलफलपछि कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले चुनावी गठबन्धनको निर्णय नगर्न आग्रह गरेको बताए ।

उनले गठबन्धन गर्ने कि नगर्ने टिकट वितरण गर्ने अधिकार प्राप्त समितिलाई दिनुपर्ने बताए । त्यस्तै कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले पार्टीको निर्णयलाई आफुले मान्य भन्दै निर्वाचनमा एक्लै लड्नुपर्छ भन्ने आफ्नो धारणा रहेको बताए । कांग्रेस बैठक पुनः आइतबार बस्ने नेताहरुले जनाएका छन् ।

साताकाे चर्चित
सम्बन्धित