एक महिनाको युद्धमा १४ हजार युक्रेनी सेना मारिए, १३ सय बढी रुसी सेना र ७ हजार मिलिसियाको पनि मृत्यु
एक महिनाको युद्धमा १४ हजार युक्रेनी सेना मारिए, १३ सय बढी रुसी सेना र ७ हजार मिलिसियाको पनि मृत्यु
    • बेल संचार

    • १२ चैत्र २०७८, शनिबार

रुसले युक्रेनमा बिशेष सैन्य अभियान घोषणा गरेर युद्ध थालेको एक महिना पूरा भएको छ । आज रुसी सेनाले पत्रकार सम्मेलन गरेर अहिले सम्म भएको क्षतिको विवरण सार्वजनिक गरेको छ । रुसी सेनाका जनरल स्टाफ एवं विशेष अप्रेसन कमाण्डर सरगेई रुदस्कोईले यस अभियानका क्रममा युक्रेनी सेनाको एयरफिल्ड, एयर डिफेन्स सिस्टम सबै ध्वस्त पारिएको दाबी गरे ।
उनले समुन्द्री अखडाहरु पनि धेरै जसो नियन्त्रणमा लिएको र केही युक्रेनी अस्थित्वमा रहेको दाबी गरे ।
यस सैन्य अभियानमा १४ हजार बढी युक्रेनी सेना मारिएको र १६ हजार घाईते भएको रुसको दाबी छ । साथै रुसको १३५१ जना सेनाको मृत्यु भएको र ३८ सय बढी घाईते भएको रुसले जनाएको छ । यसै गरी युक्रेन बिरुद्ध लड्ने डोनबास क्षेत्रका ७ हजार मिलिसियाका लडाकुहरुको पनि ज्यान गएको रुसले जनाएको छ । डोनबासका रुसी भाषी बाहुल्य क्षेत्रलाई अलग्गै राज्यको मान्यता दिँदै रुसले आक्रमण शुरु गरेको थियो । करीब ६१ लाख जनसंख्या रहेको डोनबासका लडाकुले २७० भन्दा बढी बस्ती, रेल स्टेसन, मुख्य सडकहरु कब्जा गरेर किभको आपुर्ति लाईन ठप्प पारेको सरगेईले बताए ।
अहिले युक्रेनको बिशेष तालिमप्राप्त सेनाको संख्या घटेको र तालिम नभएका देशी विदेशी लडाकुलाई सामेल गरेको भन्दै यसले युक्रेनलाई थप क्षति हुने सरगेईले बताए ।
अहिले सम्म रुसी सेनाले ११३ युक्रेनको टैंक, १३८ अमेरीकी जेभलिन क्षेप्यास्त्र र ६७ वटा एन्टी टैंक मिसाईल नियन्त्रणमा लिएर डोनबासका मिलिसियाले अभियानमा सामेल गरेको रुसको दाबी छ ।

रुसी सेनाका गुप्तचर अधिकारीहरुले युक्रेनको पक्षमा लड्न ६२ वटा देशबाट ६ हजार ५०० बढी विदेशी नागरिक सामेल भएको त्यसमध्य पश्चिम युक्रेनमा गरिएको आक्रमणमा संयौ मारिएको र घाईते भएको र त्यसपछि विदेशी लडाकुहरु कमी भएको रुसको भनाई छ ।
जनरल रुदस्कोईले डोनबासका पक्षमा लड्न ३७ देशका २३ हजार बढी नागरिक सहभागी हुन खोजेको तर मिलिसियाले आफ्नो भूमिको आफै रक्षा गर्ने भन्दै उनीहरुलाई भर्ती नगरेको बताए ।

साताकाे चर्चित
सम्बन्धित