नेपाल र चीनबीच शनिबार केरुङ–काठमाडौ रेल विस्तार सहित ९ वटा समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
सिंहदरबास्थित प्रधानमन्त्रीको कार्यालयमा परराष्ट्रमन्त्री डा. नारायण खड्का र चीनको राज्यपरिषद् सदस्य एवं परराष्ट्रमन्त्री वाङ यीबीच द्विपक्षीय प्रतिनिधिमण्डलस्तरीय वार्तापछि हस्ताक्षर सम्पन्न भएको छ ।
आर्थिक तथा प्राविधिक सहयोग, प्रसारण लाइनको सम्भाव्यता अध्ययन, चिनियाँ स्वाथ्यकर्मीको टोलीले नेपालमा सेवा प्रवाह गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो।
नेपालमा उत्पादित सामाग्रीहरुलाई चीनमा निर्यात गर्दा सहुलियत दिने विषय पनि सम्झौतामा समेटिएको छ । दुवै देशका तर्फबाट २५÷२५ सदस्य प्रतिनिधिमण्डल वार्तामा सहभागी थिए ।