नेपाल मदिरा व्यवसायी महासंघका अध्यक्ष सोनाम शेर्पाले मदिरा व्यवसायीहरुले सरकारलाई कर तिर्न पनि कर्मचारीलाई ‘घुस खुवाएर, नमस्कार गरि हजुर भनेर’ काम गराउनु पर्ने अवस्था रहेको बताएका छन् ।
शनिबार मदिरा व्यवसायी संघ भक्तपुरद्वारा आयोजित प्रथम वार्षिक साधारण सभा तथा प्रथम अधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष शेर्पाले मदिरा व्यवसायीहरुलाई सरकारले तोकेको कानुनसम्मत कर तिरेर व्यवसाय गर्नेमाथि सरकारी कर्मचारीले यस्तो व्यवहार देखाएको प्रष्ट पारेका हुन् ।
सरकारले बनाएको नियममा बसेर व्यवसाय गर्दा पनि कर्मचारीले विभिन्न समयमा बहाना बनाइ दुःख दिने गरेको पनि उनको भनाइ छ । उनले सरकारले तोकेको नियम, कानुनअनुसार व्यवसाय गर्न व्यवसायीहरुलाई अनुरोध गर्दै यस्ता अवस्थामा पनि कुनै समस्या आए महासंघलाई सम्झन पनि आग्रह गरे ।
भक्तपुर गपलीस्थित भादगाउँ होटलमा भएको प्रथम साधार सभा तथा प्रथम अधिवेशनबाट ९ सदस्यको नयाँ कार्यसमिति पनि चयन गरिएको छ । जसमा अध्यक्ष जीवन छुस्याकी उपाध्यक्ष कृष्णराम खोजु सचिव सरोज खिमु श्रेष्ठ कोषध्यक्ष विश्वनाथ हेङ्गजु सदस्यहरुमा शिव सुन्दर श्रेष्ठ, मुकुण्द बहादुर प्रधानाङ्ग, ओम मल्ल, बल बहादुर श्रेष्ठ र विनोद श्रेष्ठ सर्वसम्मत चयन भएका छन् ।