ब्र्दिया । बर्दिया जिल्लाको मधुवन नगरपालिका–६ स्थित कालिका सामुदायिक वन र ग्रामीण महिला सामुदायिक वनको सिमानामा पर्ने ठूलो कुलोमा भाले पाटेबाघ मृत अवस्थामा फेला परेको छ ।
उक्त बाघ शनिबार मृत फेला परेको हो । साँझको समयमा बाघ मृत अवस्थामा भेटिएपछि स्थानीयले डिभिजन वन कार्यालय बर्दियालाई खबर गरेका थिए ।
बाघको अवस्था हेर्दा दुई बाघको झडपका कारण मृत्यु भएको हुनसक्ने देखिएको डिभिजन वन कार्यालय बर्दियाका सूचना अधिकारी द्रोण शर्माले बताए ।
केही दिन अघिपनि बर्दियामा पाटेबाघ मृत अवस्थामा भेटिएको थियो ।