हाइ स्लिट गाउनमा सजिएकी ज्याकलीन (तस्वीर)
हाइ स्लिट गाउनमा सजिएकी ज्याकलीन (तस्वीर)
    • Bell Sanchar

    • १३ चैत्र २०७८, आईतवार

काठमाडौं । बलिउड अभिनेत्री ज्याकलीन फर्नान्डिज आफ्नो कुशल अभिनय र सौन्दर्यका कारण सँधै चर्चामा रहन्छन् । उनी सोसल मिडियामा निकै सक्रिय छन । उनको तस्वीरहरु सेयर गरेको केही मिनेटमै भाइरल हुने गरेका छन् ।

भर्खरै पनि ज्याकलीनले आफ्नो किलर लुकमार्फत् फ्यानहरुलाई चकित पारेकी छन् । भर्खरै सेयर गरेकी उनका तस्वीरलाई फ्यानहरुले निकै मन पराइरहेका छन् । ज्याकलीनले क्यामेरा अगाडि आफ्नो आकर्षक लुक्स देखाएकी छन् ।

तस्वीरमा ज्याकलीन हाइ स्लिट गाउनमा निकै ग्ल्यामरस देखिएकी छन् । सोफामा बसेकी अभिनेत्री ज्याकलीनले हुप्स झुम्का लगाएकी छन् । ड्रेसमा ग्लैमर टच थप्न आफ्नो कपाल खुला राखेकी छन् । यसका साथै ज्याकलीनले ड्रेससँग मिल्दो जुल्दो हिल लगाएकी छन् । जसले उनको लुकलाई पूर्णता दिएको छ ।

वर्कफ्रन्टको कुरा गर्नुपर्दा हालै ज्याकलीनको फिल्म ‘बच्चन पाण्डे’ रिलिज भएको छ । यो फिल्ममा अक्षय कुमार, अरशद वारसी, कृति सेननलगायतका कलाकारहरु मुख्य भूमिकामा छन् ।

तर, यो फिल्मले बक्स अफिसमा अपेक्षाअनुरुप कलेक्शन भने गर्न सकेन । अब ज्याकलीनको एक्शन ड्रामा फिल्म ‘अटैक’ अप्रिल १, २०२२ मा रिलिजको तयारीमा छ ।

साताकाे चर्चित
सम्बन्धित