राम चरण र जुनियर एनटीआरको ‘आरआरआर’ले पहिलो दिन कति कमायो ?
राम चरण र जुनियर एनटीआरको ‘आरआरआर’ले पहिलो दिन कति कमायो ?
    • Bell Sanchar

    • १३ चैत्र २०७८, आईतवार

साउथका सुपरस्टार जुनियर एनटीआर र राम चरण स्टारर् ‘आरआरआर’ शुक्रबारबाट दर्शकमाझ रिलिजमा आएको छ । ‘बाहुबली’ फेम निर्देशक एसएस राजामौलीको फिल्मको जादुले फेरि बक्स अफिसमा हाबी भएको छ । एसएस राजामौलीको ‘आरआरआर’ले ओपनिङ–डेमा नै १०० करोडको आँकडा नभई २०० करोडको आँकडा पार गरेको छ ।

२२३ करोडको ग्लोबल ओपनिङ !

आलिया भट्ट र अजय देवगनको समेत विशेष भूमिका रहेको ‘आरआरआर’ रिलिज हुनुअघि नै सबैले बक्स अफिसमा कमाल गर्ने अपेक्षा गरेका थिए । ट्रेड एनालिस्ट तरण आदर्शले यो फिल्मको पहिलो दिनको कमाईको बारेमा सामाजिक सञ्जालमा एक पोस्ट सेयर गरेका छन् ।

उनका अनुसार फिल्मले पहिलो दिनमै विश्वव्यापी अर्थात् विश्वभर २२३ करोडको कलेक्शन गरेको छ । जसमध्ये फिल्मले भारतका सबै भाषा र राज्यबाट मात्रै पनि १५६ करोड रुपैयाँको कलेक्शन गरेको छ ।

हिन्दी संस्करणले कति कमायो ?

मिडिया रिपोर्टका अनुसार राजामौलीको यस फिल्मले हिन्दी संस्करणबाट मात्रै पहिलो दिन करिब १७–१८ करोड रुपैयाँ कमाएको छ । अग्रिम बुकिङबाट मात्रै फिल्मले ८ करोड कमाउन सफल भएको थियो ।

फिल्मको पहिलो दिनको कमाईले सबैलाई चकित बनाएको छ, किनभने यसले ‘सूर्यवंशी’पछि दोस्रो उत्कृष्ट ओपनिङ हासिल गरेको छ । अक्षयको फिल्मले पहिलो दिन २६.११ करोडको कलेक्सन गरेको थियो ।

आलिया र अजयको साउथ डेब्यू

निर्देशक राजामौलीको यसै फिल्मबाट बलिउड स्टार आलिया भट्ट र अजय देवगनले साउथ इन्डस्ट्रीमा डेब्यू गरेका छन् । गत वर्षदेखि नै सामाजिक सञ्जालमा फिल्मको चर्चा चलिरहेको थियो । हिजोदेखि विश्वभरका हलमार्फत् यो फिल्म दर्शकमाझ रिलिजमा आइसकेको छ ।

सामाजिक सञ्जालमा पनि ‘आरआरआर’ हावी

सन् १९२० को कथामा आधारित फिल्म ‘आरआरआर’ले रामचरण र जुनियर एनटीआरको उत्कृष्ट अभिनयको प्रशंसा गर्दै दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको छ । ‘आरआरआर’ कोमाराम भीम (जुनियर एनटीआर) र अल्लुरी सीताराम राजु (रामचरण)को जीवनमा आधारित छ ।

दुवै क्रान्तिकारीहरू स्वतन्त्र भारतको लडाइमा सामेल हुनुअघि विस्मरणमा रहे । फिल्मले यसको सिनेम्याटिक नाटकको साथ इतिहासको नदेखिएको, अज्ञात पक्षको अन्वेषण गरेको छ ।

साताकाे चर्चित
सम्बन्धित