निर्वाचन घोषणापत्रमा सुझाव दिन एमालेको आग्रह  
  निर्वाचन घोषणापत्रमा सुझाव दिन एमालेको आग्रह  

नेकपा (एमाले) आजको स्थायी कमिटीको बैठकले आशन्न स्थानीय तहको निर्वाचन केन्द्रित प्रतिबद्धतापत्रमा सुझाव दिन सार्वजनिक आह्वान गरेको छ

    • Bell Sanchar

    • १३ चैत्र २०७८, आईतवार

काठमाडौँ,
नेकपा (एमाले) आजको स्थायी कमिटीको बैठकले आशन्न स्थानीय तहको निर्वाचन केन्द्रित प्रतिबद्धतापत्रमा सुझाव दिन सार्वजनिक आह्वान गरेको छ । बैठकले केन्द्रस्तरबाट जारी हुने पार्टीको घोषणापत्रको मस्यौदालाई अन्तिमरूप पनि दिएको छ । केन्द्रीय घोषणापत्रको मस्यौदामा स्थायी कमिटीका सदस्यले यही २० चैतसम्ममा आफ्नो लिखित सुझाव पेस गर्नेछन् ।

एमालेले स्थानीय तहमा चुनावी प्रतिबद्धतापत्र घोषणा गर्नेछ भने कार्यान्वयनका लागि यही १६ चैतमा भर्चुअल बैठक बस्ने निर्णय पनि गरेको छ । उक्त बैठकमा केन्द्रस्तरका नेता भौतिकरूपमा तथा प्रदेश, जिल्ला र पालिकास्तरमा भने भर्चुअलरूपमा सहभागी हुनेछन् ।

प्रदेश तथा जिल्ला कमिटीले तोकेका सबै पालिकाका इञ्चार्ज र अध्यक्ष, पार्टीका तर्फबाट पालिकाका प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्ष, प्रदेश र जिल्ला कमिटीका पदाधिकारी, मस्यौदा तयारीमा संलग्न हुने जिल्ला, पालिका तथा प्रदेशकोतर्फबाट तोकिएका विज्ञ र स्थायी कमिटीका सदस्य भर्चुअलरूपमा बैठकमा सहभागी हुनेछन् ।

यस्तै सो बैठकमा सचिवालयका सदस्य, मस्यौदा कमिटीका सदस्य, अर्थ तथा योजना विभागका प्रमुख, परराष्ट्र मामलाका प्रमुख र कानुन विभागका प्रमुख उपस्थित हुनेछन् । बैठकले चुनाव चिह्नको रङ हरियो बनाइएको र मनोनयनका लागि दुई दिन समय दिने निर्वाचन आयोगको निर्णय परिवर्तन गर्न पनि माग गरेको एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले जानकारी दिनुभयो ।
–––

साताकाे चर्चित
सम्बन्धित