इटलीका पूर्व प्रधानमन्त्री सिल्वियोबर्लुस्कोनीले आफूभन्दा ५३ वर्ष कान्छी महिलासँग प्रतिकात्मक विवाह गरेका छन् । यसका तस्बिर पनि सार्वजनिक भएका छन् । जसमा ८५ वर्षका बर्लुस्कोनी, ३२ वर्षकी मार्ता फासिनासँग ‘प्रेमको उत्सव’ मनाइरहेको देखिएका छन् । स्मरण रहोस्, मार्ता फासिना आफैं पनि एक सांसद हुन् ।
यो समारोह मिलानको लेस्मो शहरको एक ऐतिहासिक स्थल विला गेर्नेटोमा भयो । यो समारोह विवाह जस्तै देखिएतापनि उनीहरुले आधिकारिक रुपमा विवाह भने गरेनन् किनभने यी दुईको परिवारबीच सम्पत्तिको विषयमा झगडा छ । बर्लुस्कोनीको यो निर्णयले उनीहरुका पाँच सन्तान असन्तुष्ट भएको बताइन्छ । वास्तवमा विवाहपछि बर्लुस्कोनीको ५ बिलियन पाउन्ड (८ खर्ब रुपैयाँ) को सम्पत्तिमा फासिनाको पनि अधिकार लाग्नेछ ।