६५० एमजीको उत्पादन गर्ने कुरा भ्रमपूर्ण, नेपाल औषधि उत्पादक संघ
६५० एमजीको उत्पादन गर्ने कुरा भ्रमपूर्ण, नेपाल औषधि उत्पादक संघ
    • बेल संचार

    • १५ चैत्र २०७८, मंगलवार

काठमाडौँ । नेपाल औषधि उत्पादक संघले पाँच सय एमजीको पारासिटामोललाई विस्थापित गरी ६५० एमजीको पारासिटामोल उत्पादन गर्ने कुरा भ्रमपूर्ण रहेको जनाएको छ।

संघले सोमबार जारी गरेको सूचना भनिएको छ,’  ६५० एमजी उत्पादन गर्न अनुमति प्राप्त भएकाले ५०० एमजी अभाव नहुने भएकाले आवश्यकता अनुसार ६५० एमजी उत्पादन गर्छौ।’

कोभिड-१९ महामारीको समयमा नेपाल तथा विभिन्न राष्ट्रमा चिकित्सकहरूको सुझाव अनुसार ६५० एमजी मात्र नभई  १००० एमजी सम्मको डोजको पारासिटामोल आवश्यक महशुस गरी प्रयोग गरिएको संघले बताएको छ।

औषधि व्यवस्था विभागले गत १० गते ६५० एमजीको पारासिटामोल उत्पादन गर्ने अनुमति प्रदान गरेको थियो। विभिन्न रोगहरूमा ६५० एमजीको पारासिटामोलको आवश्यक रहेकाले औषधि अभाव हुन नदिने संघको उद्देश्य रहेको  छ। आवश्यकता  र बिरामीको प्रकृतिअनुसार प्राविधिक रुपमा सक्षम रहेको संघले प्रष्ट पारेको छ।

साताकाे चर्चित
सम्बन्धित