एनिमल’मा परिणीतिको ठाउँमा रश्मिका, रणवीरसँग अनस्क्रीन रोमान्स गर्ने
एनिमल’मा परिणीतिको ठाउँमा रश्मिका, रणवीरसँग अनस्क्रीन रोमान्स गर्ने
    • Bell Sanchar

    • १६ चैत्र २०७८, बुधबार

डियर कमरेड’ र ‘पुष्पा’ फिल्ममा काम गरिसकेपछि अभिनेत्री रश्मिका मन्दन्नाको लोकप्रियता दिन प्रतिदिन बढिरहेको छ । पछिल्लो समय अल्लु अर्जुनको ‘पुष्पा’मा सिद्धी श्रीवल्लीको भूमिकामा रश्मिकालाई दर्शकहरुले निकै रुचाएका थिए ।

चर्चाको शिखरमा रहेकी रश्मिकाले बलिउडकी चर्चित अभिनेत्रीलाई रिप्लेस गरेकी छन् ।
बलिउड लाइफका अनुसार निर्माताहरूले अभिनेत्री परिणीति चोपडालाई फिल्म ‘एनिमल’बाट पहिले नै हटाइसकेका छन् । अब यो फिल्ममा अभिनेत्री परिणीतिको ठाउँमा रश्मिका मन्दन्नाले काम गर्ने भएकी छन् ।

रिपोर्टका अनुसार रश्मिका मन्दन्नाले फिल्म ‘एनिमल’का लागि साइनसमेत गरिसकेकी छन् । निर्माता भूषण कुमार र निर्देशक सन्दीप रेड्डी वांगाले रश्मिकालाई ‘एनिमल’ फिल्मको लागि छनौट गरेका हुन् ।

रणवीर कपुरसँग स्क्रिन सेयर गर्ने

‘एनिमल’मा रश्मिका मन्दन्नाले बलिउडका चकलेटी ब्वाई रणवीर कपूरसँग अनस्क्रीन रोमान्स गर्ने भएकी छन् । रणवीरले छिट्टै नै यो फिल्मको सुटिङ सुरु गर्ने बताइएको छ । फिल्म ‘एनिमल’मा रणवीर र रश्मिका मन्दन्नाका अलावा अनिल कपुर र बबी देओल पनि मुख्य भूमिकामा रहनेछन् ।

साताकाे चर्चित
सम्बन्धित