निसीखोलाबाट ढोरपाटन नगरपालिकाको मुकाम बुर्तिबाङ बजारतर्फ आउँदै गरेको लु१च ९४८० नम्बरको पिकअप भ्यान निसीखोला गाउँपालिका–२ थारुखोलामा दुर्घटना भएको हो ।
दुर्घटनामा परी ढोरपाटन–१ का ऋतुवर्ण पौडेलको घटनास्थलमै मृत्यु भएको हो । उनी नेकपा एमाले ढोरपाटन नगरकमिटीका अध्यक्ष रहेका छन्। दुर्घटनामा परी रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिकाका ३८ वर्षीया सुरेश थापा गम्भीर घाइते भएको प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिए ।
पिकअप भ्यान सडकदेखि १५० मिटर तल खोलामा खसेको छ । घाइतेको उपचारका लागि धौलागिरि अस्पताल बागलुङ ल्याइँदै गरेको हवारीले बताए ।