काठमाडौंको चोभार सुख्खा बन्दरगाह भित्रिने मालबाहक सवारी साधनको रुट तय भएको छ ।
भन्सार विभागले भारतर्फका पाँच प्रमुख नाकाबाट आन्तरिक परिवहनको सुविधा अन्तर्गत स्थलमार्ग हुँदै सवारी साधन भित्रिने सडक मार्ग निधारण गरेको हो । निर्धारित रुट अनुसार सबै सीमा क्षेत्रका नाकाबाट भित्रिने सवारी साधनहरु अनिवार्य रुपमा बल्खु आइपुगेर मात्रै सुख्खा बन्दरगाह प्रवेश गर्नु पर्नेछ । विभागले तय गरेको स्थल मार्गको रुट अनुसार मेची भन्सार कार्यालय कांकडभित्ताबाट काठमाडौं बन्दरगाहका लागि आउने मालबाहक सवारी साधन मेची, विर्तामोड, इटहरी, बर्दिबास, पथलैया, हेटौंडा, नारयणगढ मुग्लिङ, नौबिसे, नागढुंगा थानकोट र कलंकी बल्खु हुँदै सुख्खा बन्दरगाह पुग्नेछ ।
यस्तै विराटनगर भन्सार कार्यालय बुद्धनगर मोरङबाट छुटेको मालबाहक सवारी विराटनगर, दुहवी, इनरुवा बर्दिबास, पथलैया, हेटौंडा, नारयणगढ मुग्लिङ, नौबिसे, नागढुंगा थानकोट र कलंकी बल्खुहुँदै सुख्खा बन्दरगाह पुग्नेछ । वीरगञ्ज भन्सार र सुख्खा बन्दरगाह सिर्सियाबाट छुटेको मालबाहक सवारी साधन सिर्सिया, परवानीपुर, पथलैया, हेटौंडा, नारयाणगढ मुग्लिङ, नौबिसे, नागढुंगा थानकोट र कलंकी बल्खुहुँदै सुख्खा बन्दरगाह पुग्नेछ ।
यस्तै भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीबाट छुट्ने मालबाहक गाडी बेलहीया, परासी, भुमही, बर्दघाट, नारायणगढ मुग्लिङ, नौबिसे, नागढुंगा थानकोट र कलंकी बल्खुहुँदै सुख्खा बन्दरगाह पुग्नेछ ।