आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि जिल्लामा एक लाख ३१ हजार ४९४ मतदाताले भोट हाल्ने भएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार तीमध्ये ६४ हजार ४१ पुरुष र ६७ हजार ४५३ महिला मतदाता रहेका छन् । जिल्लाका आठ स्थानीय तहमध्ये क्व्होलोसोथार गाउँपालिकामा नौ हजार २९, दूधपोखरीमा आठ हजार ८८८, दोर्दी गाउँपालिकामा १५ हजार ८४, बेँसीशहर नगरपालिकामा २६ हजार २०७ जना मतदाता छन् ।
मध्यनेपाल नगरपालिकामा २० हजार ९२, मस्र्याङ्दी गाउँपालिकामा १५ हजार १४०, राइनास नगरपालिकामा १५ हजार ९८९ र सुन्दरबजार नगरपालिकामा २० हजार ७९६ जना मतदाता छन् । जिल्लामा १२३ मतदानस्थल र १८२ मतदात केन्द्र छन् ।