आईपीएल : बेंगलोरको पहिलो जित
आईपीएल : बेंगलोरको पहिलो जित
    • बेल संचार

    • १७ चैत्र २०७८, बिहीबार

इन्डियन प्रिमियर लिग (आईपीएल)मा रोयल च्यालेन्जर्स बेंगलोरले पहिलो जित निकालेको छ । बुधबार भएको खेलमा बेंगलोरले कोलकाता नाइट राइडर्सलाई ३ विकेटले पराजित गरेको हो ।

१ सय २९ रनको विजयी लक्ष्य बेंगलोरले १९.२ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो । बेंगलोरको जितमा शेर्फान रदरफोर्डले सर्वाधिक २८ रनको योगदान दिए । शहबाद अहमदले २७ रन, हर्षल पटेलले १० रन, दीनेश कार्तिकले १४ रनको योग्दान दिए ।

कोलकाता लागि टिम साउथीले ३ र उमेद यादवले २ विकेट लिए । सुनिल नारायण र बरुणचक्रवर्तीको नाममा १–१ विकेट रह्यो ।

त्यसअघि डिवाई पाटिल स्पोट्र्स एकेडेमी मुम्बईमा टस हारेर ब्याटिङ थालेको कोलकाता १८.५ ओभरमा १ सय २८ रनमा अल आउट भएको थियो । कोलकाताका आन्द्रे रसेलले सर्वाधिक २५ रन बनाए । अन्य कुनैपनि खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् ।

बंगलोर पहिलो खेलमा पन्जाब किंग्ससँग ५ विकेटले पराजित भएको थियो । बेंगलोरले तेस्रो खेलमा मंगलबार राजस्थान रोयल्ससँग खेल्नेछ ।

कोलकाताले पहिलो खेलमा चेन्नई सुपर किंग्सलाई ६ विकेटले हराएको थियो । तेस्रो खेलमा शुक्रबार पन्जाब किंग्ससँग खेल्नेछ ।

साताकाे चर्चित
सम्बन्धित